प्रसौनी गाउँपालिकाको आयोजनामा रक्तदान ,५ महिला सहित ८१ जनाले गरे रक्तदान

पछिल्लाे समाचार

अखिलेश यादव । ०९ फाल्गुन,कलैया ः बारा जिल्लाको प्रसौनी गाउँपालिकाको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।शुक्रबार प्रसौनी बजारमा प्रसौनी गाउँपालिकाको आयोजना एवं रेडक्रस सोसाईटी पर्साको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।रक्तदान कार्यक्रमको उद्घाटन प्रसौनी गाउँपालिकाको अध्यक्ष बिनोद प्रसाद जयसवालले गर्नुभएको थियो ।

जनजीवन रक्षा अभियान अन्तर्गत प्रसौनी गाउँपालिकाले बिगत ३ बर्ष देखि रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको प्रसौनी गाउँपालिअकको स्वास्थ्य शाखा प्रमुख सुरेश साहले जानकारी दिनुभयो ।प्रसौनी गाउँपालिकाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिला सहित ८१ जनाले रक्तदान गरेको स्वास्थ्य शाखा प्रमुख साहले जानकारी दिनुभयो ।जीवनमा पहिलोपटक प्रसौनी गाउँपालिकाको ५ जना महिलाले रक्तदान गरेको समेत उहाँले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रमको अवसरमा बोल्दै प्रसौनी गाउँपालिकाका अध्यक्ष बिनोद प्रसाद जयसवालले प्रसौनी गाउँपालिकाले रगतको अभावमा कसैले अकालमा ज्यान नागुमावोस भन्ने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।प्रसौनी गाउँपालिकाले प्रत्येक वर्ष रेडक्रस सोसाईटी पर्सा बिरगंजको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आईरहेको अध्यक्ष जयसवालले बताउनुभयो ।

प्रसौनी गाउँपालिका भित्रको बिरामीले निःशुल्क रुपमा रेडक्रस सोसाईटी पर्सा बाट दुई पोका सम्म रगत पाउने समेत उहाँले बताउनुभयो ।प्रसौनी गाउँपालिकाले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गरेका रक्तदाताहरुको मनोबल बढाउने उदेश्यले पालिकाले ट्याक शुट समेत वितरण गरेको प्रसौनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुमित सिंहले बताउनुभयो ।रक्तदान गरेका रक्तदाताहरुलाई गाउँपालिका अध्यक्ष बिनोद प्रसाद जयसवाल ,उपाध्यक्ष किरण देवी र प्रमुख प्रशासकीय अधिकृत सुमित सिंहले ट्रायक शुट र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।उक्त रक्तदान कार्यक्रममा रेडक्रस पर्साका सौरभ राज पाण्डे लगाएत स्वास्थ्य शाखाका कर्मचारीहरु र स्थानीयहरुको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय