प्रथम राजु महतो अन्तर विद्यालय मिनी म्याराथन दौड प्रतियोगिता सम्पन्न

पछिल्लाे समाचार


अखिलेश यादव । ०९ फाल्गुन,सिमरा ः बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न १५ डुमरवानामा शुक्रबार प्रथम राजु महतो मिनी म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ। राष्ट्रिय बिभूती शिक्षा सदन डुमरवानाका पूर्व विद्यार्थी स्वर्गीय दिपक महतोको समझनामा अन्तर विद्यालय मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको हो। राष्ट्रिय विभूती शिक्षा सदन डुमरवानाको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ ५० जना र महिलातर्फ ५० जना गरी १ सय जना विद्यार्थीहरुको सहभागिता रहेको राष्ट्रिय बिभूती शिक्षा सदन डुमरवानाका अध्यक्ष बिदुर खडकाले जानकारी दिनुभयो।

राष्ट्रिय विभूति शिक्षा सदन बाट सुरु भएको प्रतियोगिता भारती चौक , सुन्दरबस्ती चौक, भवानीपुर चौक, हुँदै पुनः विद्यालयमा आएर समापन भएको थियो। प्रतियोगितामा छात्र तर्फ लोटस एकेडमी सिमराका राजाबाबु दास प्रथम, एक्स सर्भिसमेंनका आर्यन चौधरी दोस्रो र होली गार्डेन पथलैयाका इभान लामा तेस्रो भएका छन्। उनीहरूले क्रमशः नगद ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ प्राप्त गरेका छन्। यस्तै छात्रा तर्फ राष्ट्रिय बिभूती शिक्षा सदन डुमरवानाकी अनुषा चौधरी प्रथम, बारा एकटा की स्मृति श्रेष्ठ दोस्रो र करुणा बछार तेस्रो भएका थिए। उनीहरूले क्रमशः नगद ५ हजार, ४ हजार र ३ हजार प्राप्त गरे। म्याराथन दौड प्रतियोगिताका विजयीलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, राष्ट्रिय बिभूती शिक्षा सदन डुमरवानाका अध्यक्ष बिदुर खडका लगायतले पुरस्कार वितरण गर्नुभएको थियो।

राष्ट्रिय बिभुतीको २०७३ सालको एसएल्सी ब्याचसंगको सहकार्यमा बिद्यालयले आयोजना गरेको प्रतियोगितामा नगरभित्रका १० वटा बिद्यालयका बिद्यार्थिहरुले सहभागिता जनाएका थिए । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिदुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वर्गिय राजु महत्तोका बुबा रामअवतार महत्तो र आमा कमला देवी महत्तो लगायत बिभिन्न बिद्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो ।कार्यक्रमको सञ्चालन बिद्यालयका सहायक प्रिन्सिपल किशोर श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा बिद्यालयका सञ्चालन श्याम प्रसाद भट्राईले स्वागत मन्तब्य व्यत्त गर्नुभएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय