जेल जान बाट बच्नको लागि केपि ओलिको नेतृत्वमा सरकार गठन : मधेश प्रदेश इन्चार्ज यादव

पछिल्लाे समाचार

१० फाल्गुन,बर्दिबास: अहिलेको सरकार जेल जान बाट बच्नको लागि गठन गरिएको नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं मधेश प्रदेश इन्चार्ज मातृका यादवले बताउनु भएको छ ।शनिवार बर्दिबास स्थित दिपक पार्टी प्यालेसमा प्रेस सेन्टर नेपाल मधेश प्रदेशको पाँचौ अधिवेशनको उद्घाटन गर्दै सो कुरा बताउनु भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकारले भ्रष्टाचारीलाई जेल पठाउने अभियान सुरु गरे संगै जेल जान बाट बच्नको लागि दुई ठूला दलका अध्यक्षहरु मिलेर नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकार ढालेको मधेश प्रदेश इन्चार्ज मातृका प्रसाद यादवले बताउनुभयो ।उहाँले अहिलेको सरकारले भ्रष्टाचारीहरुलाई संरक्षण गरिरहेको हुनाले पत्रकारहरुले अहिलेको सरकारको काम कर्तुत बारे समाचार सम्प्रेषण गरेर जनता माझ पुर्याउन आग्रह गर्नुभयो ।

मधेश प्रदेश इन्चार्ज यादवले भ्रष्टाचारीलाई संरक्षण गर्नमा अहिलेको सरकारले कुनै कसर बाकी नराखेको आरोप लगाउनुभयो ।सरकारले अहिले गरिरहेको नौटनकीलाई जनता माझ उजागर गर्न पत्रकारको कर्तव्य रहेको हुनाले अहिलेको सरकारको नाङ्गो नाचलाई बाहिर ल्याउन कार्यक्रममा उपस्तिथित पत्रकारहरु संग आग्रह गर्नुभयो ।उहाँले राष्ट्रियता जोगाउने, उत्पीडितवर्गको उत्थानको लागि काम नगरेर जनयुद्धको जगमा जसले आन्दोलन गरेर संंघीयता ल्यायो त्यसैलाई हिंसा भनेर होच्याउने गरेको बताउनुभयो।

प्रेस सेन्टर नेपाल मधेस प्रदेशका अध्यक्ष किरण कर्णको अध्यक्षतामा भएको उदघाटन सत्रमा नेकपा माओवादी केन्द्रं मधेस प्रदेशसभा संसदीय दलका नेता भरत प्रसाद साह, प्रेस सेन्टर नेपालका बरिष्ठ उपाध्यक्ष कमल गिरी, उपाध्यक्ष गोविन्द देवकोटा, उपमहासचिव हिरालाल चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो  ।

त्यस्तै नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले प्रेस सेन्टर नेपालको काधमा काध मिलाएर नेकपा माओवादी केन्द्र सहकार्य गर्न त्यार रहेको बताउनुभयोअधिवेशनमा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव शैलेन्द्र महतो, मधेस प्रदेश सचिव दीपक गौतम, नेपाल पत्रकार महासंघ पर्सा अध्यक्ष ओमप्रकाश खनाल, प्रेस सेन्टर नेपालको मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश प्रतिनिधि, जिल्ला अध्यक्ष तथा पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय