कलैयामा सुबिधा सम्पन्न क्यारियर फिटनेश हब संचालनमा,सभापति यादवले गरे उद्घाटन

पछिल्लाे समाचार

११ फाल्गुन,कलैया : बाराको कलैयामा नयाँ जिम क्लब संचालनमा आएको छ । संचालक राहुल अग्रहरीली कलैयामा “क्यारियर फिटनेस हब सेन्टर” सञ्चालनमा ल्याएको छ । आइतबार कलैया उपमहानगरपालिकाको पूर्व नगरप्रमुख एवं नेपालि कांग्रेसको बारा सभापती राजेश राय यादवले उद्घाटन गरेसंगै ९० लाखको लागतमा निर्माण भएको सो फिटनेस क्लब संचालनमा आएको छ ।क्लब संचालनमा आएपछि शारिरीक व्यायम गर्नेहरुको लर्को लागेको छ । बिहान ५ बजेदेखि राति ८ बजेसम्म उक्त जिम खुलेको हुन्छ यो बीचमा जतिबेला पनि आएर जिम गर्न सकिन्छ संचालक राहुल अग्रहरीले जानकारी दिनुभएको छ ।

यो जिम क्लबले सबै उमेर समूहका व्यक्तिहरुको स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्याउने संचालक अग्रहरीले बताउनुभयो । फिटनेश क्लबको उद्घाटन कार्यक्रममा बोल्दै सभापति राजेश यादवले कुरियर फिटनेश क्लबले विशेष गरी यस क्षेत्रका युवाहरुको स्वास्थ्य तथा खेलकुदको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । ‘जिम गरेर शरिरलाई स्वस्थ राख्ने धेरैको चाहना हुन्छ,’ उहाँले भन्नुभयो, ‘विशेष गरी शरिरको ख्याल गर्नेहरुका लागि र खेलाडीहरुलाई फिटनेस क्लब आकर्षण बन्नेछ ।’ बताउँदै सभापति यादवले स्वास्थ्यका लागि फिटनेस सेन्टर महत्वपूर्ण रहने बताउनुभयो ।

कलैया उपमहानगरपालिका वडा नम्बर १ को वडा कार्यालयको छेउमा संचालनमा आएको कुरियर फिटनेस सेन्टरमा नविनतम प्रविधिको प्रयोग गरी आधुनिक डिजाइनमा फिटनेस क्लब तयार गरिएको छ ।‘फिटनेस सम्बन्धी सम्पूर्ण अभ्यास क्लबमा हुन्छ,’ संचालक अग्रहरीले भन्नुभयो, ‘वेट गेन, वेट लस, वेट लिफ्टिंग, पावर लिफ्टिंग, फिटनेश टे«निंग, वेट टे«निंग, डाईट एण्ड न्युटिसन, सहित कार्डियो अभ्यास पनि क्लबमा हुनेछ । क्लबमा आधुनिक उपकरणको जडान गरिएकाले फिटनेस सम्बन्धी भरपर्दो अभ्यास हुने अग्रहरीले बताउनुभयो।उक्त फिटनेश क्लब उद्घाटन कार्यक्रममा स्थानीय लगाएत युवाहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय