जनता माबि उमजनले उचाल्यो प्रथम करैयामाई गाउँपालिका राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी

पछिल्लाे समाचार

०९ फाल्गुन,कलैया ः करैयामाई गाउँपालिकामा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।२ दिन सम्म चलेको प्रतियोगिताको शिल्ड जनता माध्यमिक विद्यालय उमजनले उचालेको छ ।करैयामाई गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा सम्पन्न प्रथम करैयामाई राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ११ इभेन्टमा विद्यार्थीहरुले सहभागिता जनाएको थियो ।कुल ४४ अंक ल्याई जनता माध्यमिक विद्यालय उमजनले शिल्ड उचालेको शिक्षा शाखा प्रमुख बिद्यानन्द यादवले जानकारी दिनुभयो । यस्तै ४२ अंक ल्याएर जन सामुदायिक माध्यमिक विद्यालय मधुवन हरैया दोस्रो हुन् सफल भएको छ भने २५ अंक ल्याएर श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ईटहर तृतीय भएको छ ।

बिहिवार देखि करैयामाई गाउँपालिकाको वडा न ७ स्थित रहेको श्री जनता माध्यमिक विद्यालय उमजनको खेलमैदानमा खेलहरु संचालन भएको करैयामाई गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र महतोले बताउनुभयो ।राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत विभिन्न खेलमा विभिन्न पदक र स्थान हाँसिल गर्ने खेलाडीहरुलाई प्रमाणपत्र, मेडल र ट्रफि वितरण गरिएको थियो । प्रथम करैयामाई राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको समापन समारोहमा बोल्दै करैयामाई गाउँपालिका अध्यक्ष शम्भु यादवले खेलाडीहरुलाई बधाई तथा शुभकामना दिदै खेलकुद भनेको स्वास्थय र देशका लागि महत्वपुर्ण भएको र यस्का लागि गाउँपालिकाको तर्फबाट पुर्ण सहयोग हुने बताउनुभयो ।

एउटै पालिकाभित्रका विद्यालयबीच भएको प्रतिस्पर्धामा कसैको जित र कसैको हार हुँदैन’, उहाँले भन्नुभयो, ’समग्रमा गाउँपालिकाको जित भएको छ र भोलिका दिनहरुमा समग्र शैक्षिक गुणस्तर र खेलकुदको विकासका लागि गाउँपालिबाट पुर्ण सहयोग समर्थन हुने प्रतिबद्धता गर्नुभयो ।त्यस्तै करैयामाई गाउँपालिका उपाध्यक्ष सुनैना चौधरीले खेल क्षेत्र देशको सान र खेलाडी देशका गहना भएको भन्दै देशको शिर उच्च राख्ने खेल क्षेत्र र खेलाडीका लागि संघ प्रदेश र स्थानीय तहबाट आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय