ग्यास वान नेपालको  ७ औं ग्यास बिक्रेता कार्यक्रम सम्पन्न ,२ जना उत्कृष्ट बिक्रेतालाई जपान जाने मौका

पछिल्लाे समाचार

अखिलेश यादव ।१० चैत्र । सिमरा– ग्यास वान नेपाल प्रालिले आफ्नो ७ औं ग्यास बिक्रेता कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। शनिबार सिमरास्थित होटल इच्छामा सम्पन्न कार्यक्रममा देशभरका ग्यास बिक्रेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा ग्यास वान नेपाल प्रालिका प्रबन्धक निर्देशक हिडेकी फुकोवैले बिक्रेताहरूलाई धन्यवाद दिँदै कम्पनीले गुणस्तरीय सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहेको बताए। उनले ग्राहकहरूको सन्तुष्टि नै ग्यास वान नेपालको प्राथमिकता भएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवासहित बजार विस्तार गरिने जानकारी गराए।

कार्यक्रममा सहभागी बिक्रेताहरूले कम्पनीको सेवासुविधा तथा व्यवसायिक अवसरबारे आफ्नो अनुभव साझा गरे। उनीहरूले ग्यास वान नेपालको गुणस्तर, ग्राहक सेवा तथा व्यवसायिक सहकार्यको उच्च प्रशंसा गर्दै भविष्यमा अझ मजबुत सहकार्यको अपेक्षा व्यक्त गरे।

oplus_0

यसै क्रममा, ग्यास वान नेपालले प्रत्येक वर्षझैँ यस वर्ष पनि उत्कृष्ट प्रदर्शन गर्ने दुई जना डिलरलाई जापान भ्रमणको अवसर प्रदान गर्ने घोषणा गरेको छ। एक बर्षमा ३० हजार भन्दा बढी ग्यास सिलिन्डर बिक्री गरेका  उत्कृष्ट बिक्रेता राधाकृष्ण ग्यास पसल कलैयाका संचालक र ओम ट्रेडर्स सर्लाहीका संचालकलाई ५ दिनको लागि जपान भ्रमणमा लगिने ग्यास वान नेपालका ब्यवस्थापक सरोजराज ढकालले बताए ।

बिक्रेताहरूलाई सम्मान गर्दै कम्पनीले उनीहरूको योगदानको कदर गरेको छ। कार्यक्रमले ग्यास बिक्रेताहरूलाई सञ्जाल विस्तार गर्ने अवसर प्रदान गर्दै कम्पनी र बिक्रेताबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको छ।उक्त ग्यास बिक्रेता भेटघाट कार्यक्रममा १५६ वटा बिक्रेताहरुको सहभागीता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय