जीतपुरसिमरा उपमहानगरपालिकाको विधेयक समितिको पहिलो बैठक सम्पन्न

पछिल्लाे समाचार

२५ चैत्र,कलैया : जीतपुरसिमरा उपमहानगरपालिकाको विधेयक समितिको संयोजक श्री सन्जय पटेलको अध्यक्षतामा सोमबार उपमहानगरपालिकाको सभाहलमा विधेयक समितिको पहिलो बैठक सम्पन्न भएको छ। बैठकमा समितिलाई अझ सक्रिय बनाउने, नीति तथा नियम निर्माणमा तिव्रता दिने र समितिमा रहेका सम्पूर्ण सदस्यहरुलाई सक्रिय रुपमा काम गर्ने विषयमा गम्भीर छलफल भएको संयोजक पटेलले बताए।

उक्त बैठकमा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल, प्रमुख प्रशासकीय अधिकृत शान्तीराज प्रसाईं, वडा नं ५ का वडाध्यक्ष दिपेन्द्र चौधरी, वडा नं १६ का वडाध्यक्ष हरिदेव खरेल लगायत समितिका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो। नगरप्रमुख राजन पौडेलले विधेयक समितिको प्रभावकारी कार्यान्वयनले उपमहानगरपालिकाको सुशासन र जनताको विश्वास अभिवृद्धि हुने विश्वास व्यक्त गरे। संयोजक सन्जय पटेलले समितिको पहिलो बैठक सकारात्मक रुपमा सम्पन्न भएको भन्दै आगामी दिनमा विधेयक निर्माण र संशोधनका कार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए।

a

spot_imgspot_img
spot_img

लोकप्रिय