संघीय शिक्षा ऐन जारीको मागमा जीतपुरसिमरा उपमहानगरपालिकाको ऐक्यवद्धता

पछिल्लाे समाचार

२५ चैत्र । बारा — संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा जारी शिक्षक आन्दोलनप्रति जीतपुरसिमरा उपमहानगरपालिकाले ऐक्यवद्धता जनाएको छ ।उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाउँदै शिक्षक तथा कर्मचारीका संविधानसम्मत जायज मागहरुलाई यथाशीघ्र सम्बोधन गर्न माग गरेका छन्।

२०७८ सालदेखि संघीय शिक्षा ऐन नआएको र शिक्षकहरुको समस्या समाधान नभएको भन्दै गत चैत २० गतेदेखि देशव्यापी आन्दोलन थालेका शिक्षकहरुको आन्दोलनले जीतपुरसिमराका विद्यालयहरुको नियमित पठनपाठन प्रभावित भएको उपमहानगरपालिकाले जनाएको छ। आन्दोलनका कारण नयाँ शैक्षिक सत्र २०८२ को भर्ना अभियान समेत निर्धारित समयमै सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको उपमहानगरपालिकाले बताएको छ।

उपमहानगरपालिकाले शिक्षकहरुको माग सम्बोधन गरी उच्च मनोबलका साथ शिक्षकमित्र वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। साथै, उक्त पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेश, जिल्ला समन्वय समिति बारा र नेपाल शिक्षक महासंघ राष्ट्रिय महासमितिलाई समेत पठाइएको छ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय

a

a

a