नामको लागि पाँच तारे, सेवा सुबिधा प्रति गुनासो: इच्छा होटेलमा ग्राहक ठगिँदै

पछिल्लाे समाचार

अखिलेश यादव । ०५ बैशाख ।सिमरा : मधेश प्रदेशकै एक मात्र पाँच तारे होटेलका रूपमा चिनिने इच्छा होटेल नामको लागि त पाँच तारे देखिए पनि व्यवहार र सेवामा भने सामान्य होटलभन्दा पनि खराब देखिएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ बजनिमा अवस्थित यो होटेलले ग्राहकलाई खुलमखुला ठग्दै आएको आरोप सार्वजनिक रूपमा उठ्न थालेको छ।

ग्राहक सेवा, सरसफाइ, खानाको गुणस्तरदेखि लिएर होटेलको प्रवन्धनसम्मप्रति जनगुनासो चुलिँदै जाँदा पाँच तारेको साइनबोर्ड भित्रको सडिएको सेवा अब लुक्न नसक्ने अवस्थामा पुगेको छ। शुक्रवार सार्वजनिक रूपमा आयोजित एक कार्यक्रममा स्वयम् होटलका अव्यवस्था उजागर भए।‘पाँच तारे’ दाबी गर्ने होटेलको स्विमिङ पूलको हालत यति दयनीय छ कि त्यहाँ नुहाउनु स्वास्थ्यका लागि जोखिम बन्ने प्रमाण भेटिएको छ। शुक्रवार होटेल इच्छाको पूलभित्र भ्यागुतो भेटिएको घटनाले होटल व्यवस्थापनको लापरबाहीलाई छर्लंग पारिदिएको छ। ग्राहकहरूको स्वास्थ्य सुरक्षातर्फ होटल कतिसम्म गैरजिम्मेवार छ भन्ने कुरा पूलभित्र उफ्रँदै गरेको भ्यागुतोले पुष्टि गरिदिएको छ।

यतिमात्र होइन, शुक्रवार होटेल इच्छामै सम्पन्न भएको आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व नीति सम्बन्धी छलफल कार्यक्रममा पनि साउन्ड सिस्टम बेलाबेला काम नगरेर वक्ताहरू आक्रोशित बनेका थिए। महँगो शुल्क लिएर सेवा दिनुपर्ने कार्यक्रमस्थलमा न माइकले काम ग-यो, न प्राविधिक टोलीले गम्भीरता देखायो।कार्यक्रममा सहभागीहरूका अनुसार होटेल इच्छाको खानाको स्वाद पनि नराम्रै रहेको गुनासो छ। अरु होटेलहरूभन्दा २ गुणा बढी रकम असुली सेवा भने सामान्य त के, अझै खराब स्तरको दिइएको भन्दै कार्यक्रम सहभागी तथा अन्य ग्राहकहरू आक्रोशित बनेका छन्।

पाँच तारे भनेर ग्राहकको भरोसा उठाउने, तर व्यवहारमा तारा होइन ‘धोका’ मात्र देखाउने’ भन्ने प्रतिक्रिया बढ्दै गएको छ।जिल्ला स्तरमै पर्यटनको प्रवर्द्धनका लागि अग्रपंक्तिमा देखिने होटेलले यस्तो खालको सेवाले सिङ्गो क्षेत्रकै छवि बिगारिरहेको सहभागीहरूको आरोप छ। नामको लागि त पाँच तारे होटेल भनेर ग्राहक आकर्षित गरिन्छ, तर भित्र छिर्दा धोका र निराशा बाहेक केही पाइँदैन। होटेल व्यवस्थापनले यी गुनासोहरू प्रति जवाफदेही र संवेदनशील नभएमा निकट भविष्यमा ग्राहकको भरोसा मात्र होइन, व्यवसाय नै धरापमा पर्न सक्ने चेतावनी ग्राहकहरूले दिएका छन्।इच्छा होटेल भित्र अहिले भारि मात्रामा भारतीय पर्यटकहरु आउने गरेको छ ।भारतीय पर्यटकहरु पनि इच्छा होटेलको सेवा सुबिधा बाट असन्तुष्ट हुने गरेको छ ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय