स्रोत नखुलेको १३ लाख रुपैयाँसहित एक जना पक्राउ

पछिल्लाे समाचार

३० जेठ ।सिमरा : बारा जिल्लाको सिमरा विमानस्थल क्षेत्रबाट स्रोत नखुलेको नगद रकमसहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ निवासी विजय महतोका २० वर्षीय छोरा सुरज कुशवाहा रहेको बारा प्रहरीले जनाएको छ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिमरा बाट प्रहरी नायब उपरीक्षक  बेद प्रकाश जोशीको कमाण्डमा खटिएको टोलीले बिहिवार साँझ करिब ४ बजेको समयमा सिमरा चौकबाट एयरपोर्ट रोडतर्फ जाँदै गरेका कुशवाहालाई शंकास्पद गतिविधिका आधारमा रोकेर खानतलासी गरेको थियो।

खानतलासीका क्रममा उनीसंग रहेको कालो रंगको भिर्ने झोलाबाट नेपाली रूपैयाँ १,००० दरका १,०६७ थान, ५०० दरका ४८० थान र १०० दरका ५ थान सहित कुल १३ लाख ७ हजार ५ सय रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएको छ। साथै, झोलाभित्र विभिन्न बिल–भौचर, कागजातहरू र वीरगञ्ज लेखिएको ‘सागर मनि ट्रान्सफर’ को स्टाम्प समेत बरामद भएको छ।

प्रहरीका अनुसार उक्त नगद रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि सुरज कुशवाहामाथि हुण्डी कारोबार सम्बन्धी शिर्षकमा मुद्दा दर्ता गरिएको छ र घटनाको थप अनुसन्धान जारी रहेको छ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय