कृषि ब्यवस्थापन सम्बन्धी तरकारी खेति तालीम मरिण गाउँपालिकामा सम्पन्न

पछिल्लाे समाचार

मरिण गाउँपालिकामा कृषि ब्यवस्थापन सम्बन्धी तरकारी खेति तालीम सम्पन्न भएको छ । मरिण गाउँपालिकाको सहयोग तथा श्री ठाकुरेश्वर साना किसान कृषि सहकारी संस्थाको आयोजनामा संचालन भएको तालीम आज समापन गरिएको हो । महिलाहरुलाई कृषिमा आत्मानिर्भर बनाउने उदेश्यले तालीमको आयोजना गरिएको मरिण गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको प्रत्येक वडामा केन्द्र निर्माण गरि सुरु गरिएको तालिम आज वडा नं. ६ को वडा कार्यलयमा समापन गरिएको हो ।
गाउँपालिकाले कृषि ब्यवस्थापन तथा तरकारी खेति कार्यक्रमको लागि छुट्याएको ३ लाख ३ हजार रकम बाट सो तालिम संचालन गरेको मरिण गाउँपालिकाका सुचना अधिकारी सुदिप केसील जानकारी दिनुभयो । तालिममा ७ वटा वडाका १ सय जना महिलाहरुको सहभागीता रहेको थियो । तालिम लिने महिलाहरुलाई ६५ वटा स्प्रे ट्याङकी र तरकारीको बिउबिजन बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय