तेश्रो एकता अन्तरविद्यालय छात्रा भलिबलमा होलि गार्डेन र पाथिभरा विजयी

पछिल्लाे समाचार

सिमरा, मंसिर १७ : बाराको सिमरामा जारी तेश्रो एकता अन्तरविद्यालय छात्रा भलिबल प्रतियोगितामा बुधवार दुई खेल सम्पन्न भएका छन्। पहिलो खेलमा होलि गार्डेनले मिसन एकेडेमीलाई २-१ को सेटले पराजित गरेको छ। यस खेलमा होलि गार्डेनकी रेशु गुरुङलाई प्लेयर अफ द म्याच घोषित गरिएको छ।

अर्को खेलमा पाथिभरा अङ्ग्रेजी बोर्डिङ स्कूलले लोटस एकेडेमीलाई २-१ को सेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। पाथिभराका मनुज खड्कालाई म्यान अफ द म्याच घोषणा गरिएको छ। प्रतियोगिता मंगलबारदेखि सुरु भई मंसिर २१ गतेसम्म संचालन हुने आयोजक एकता स्कूलका प्रिन्सिपल मदन रिजालले जानकारी दिएका छन्। प्रतियोगितामा १० वटा संस्थागत विद्यालयको सहभागीता रहेको छ।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय