रौतहट : समाजसेवी युवा मनोज यादवले आयोजना गरेको निशुल्क आँखा शिविर शनिवार सम्पन्न भएको छ। शिविरमा सयौँ स्थानीयवासीले लाभ लिएका छन। स्थानीयहरुले स्वास्थ्य सेवामा पहुँच नभएका वा आर्थिक रूपमा कमजोर व्यक्तिहरूलाई निशुल्क वा कम शुल्कमा जाँच र उपचार उपलब्ध गराउनु सराहनीय कार्य भएको बताएका छन्। “शिविरले हामी जस्ता आर्थिक रूपमा कमजोर परिवारका लागि ठूलो राहत प्रदान गर्यो एक जना स्थानियले बताए । यसरी निशुल्क जाँच र उपचार उपलब्ध हुनु साँच्चिकै खुशीको कुरा हो।”
समाजसेवी मनोज यादवले भने, “मेरो मुख्य उद्देश्य गाउँघरका मानिसहरूले स्वास्थ्य सेवाबाट वञ्चित नहुनु हो। यसरी सेवा प्रदान गर्न पाउँदा अत्यन्त खुशी लाग्छ र भविष्यमा पनि यस्ता स्वास्थ्य शिविरहरू सञ्चालन गरिरहनेछु।” शिविरले गाउँका स्वास्थ्य पहुँचमा समस्या भोगिरहेका नागरिकहरूको लागि ठूलो राहत प्रदान गरेको स्थानीयहरूले बताए।

