राजनीतिमा नयाँ मोड, गगन थापाले छाडे सभापति पद

पछिल्लाे समाचार

०५ चैत ,काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापा ले पदबाट राजीनामा दिएका छन्। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजय बेहोरेपछि उनले आफ्नो जिम्मेवारीबाट अलग हुने निर्णय लिएका हुन्। थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएका छन्। यसअघि काठमाडौं–४ बाट लगातार निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट चुनावी मैदानमा उत्रिएका थिए। तर उनी डा. अमरेशकुमार सिंह सँग पराजित भए।


चुनावको नतिजाले कांग्रेसभित्र ठूलो झट्का दिएको छ। प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट गरी जम्मा ३८ सिटमा सीमित बनेको कांग्रेस दोस्रो स्थानमा खुम्चिएको छ। यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी ले उल्लेखनीय सफलता हासिल गर्दै झन्डै दुई तिहाइ सिट जितेको छ। परिणाम सार्वजनिक भएलगत्तै थापाले नैतिक जिम्मेवारी लिने संकेत दिएका थिए। यद्यपि पार्टीभित्रका केही नेताहरूले उनलाई निर्णय पुनर्विचार गर्न आग्रह गर्दै आएका थिए। तर अन्ततः उनले राजीनामा दिने निर्णयलाई अगाडि बढाएका छन्।
विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापति बनेका थापाको राजीनामाले अब पार्टीको नेतृत्व र रणनीतिमा नयाँ बहस सुरु हुने देखिएको छ। यस विषयमा अन्तिम निर्णय भने आगामी केन्द्रीय कार्यसमिति बैठकले गर्नेछ, जुन शुक्रबारका लागि बोलाइएको छ।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय