निजगढमा १३ बर्षिय बालिका माथि बलात्कार ,बालिकाको ब्यानको आधारमा एक पक्राउ

पछिल्लाे समाचार

३० श्रावन, बारा । बारामा एक जना बालिकाको बलात्कार गरिएको घटना बाहिरिएको छ ।जिल्लाको निजगढ नगरपालिका-५ को एक जना १३ बर्षिय बालिका माथि बलात्कार गरिएको घटना बाहिरिएको छ ।विद्यालयबाट मंगलबार दिउसो बालिका घर फर्कँदै गर्दा मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बालिकाको बयानका आधारमा इलाका प्रहरी कार्यालय, निजगढले घटनाको अनुसन्धान सुरु गरेको छ। शंका लागेका व्यक्तिहरू मध्ये प्रहरीले एक जनालालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बालिकाको निजगढ सामुदायिक अस्पतालमा गरिएको शारीरिक परीक्षणले बलात्कार भएको पुष्टि गरेको प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिएका छन्। उनले घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको बताए।

spot_imgspot_img
spot_img

लोकप्रिय