रौतहटमा हत्या गरिएको अवस्थामा एक जना बृद्धको शव भेटियो

पछिल्लाे समाचार

३० श्रावन , रौतहट : रौतहटमा बुधवार हत्या गरिएको अवस्थामा एक जना पुरुषको शव भेटिएको छ । रौतहटको गौर नगरपालिका वडा नम्बर ५ कोइरी टोलस्थित खेतमा एक वृद्धको हत्या गरी शव फालिएको अवस्थामा फेला परेको छ ।शवको प्रवृति हेर्दा चक्कु प्रहर गरेर कसैले हत्या गरेर शव फालेको आशंका गरिएको प्रहरीले जनाएको छ ।

गौर नगरपालिका वडा न ५ का ७० बर्षिय अनिरुद्ध महतोको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।उनको पेटमा चक्कु प्रहार गरिएको प्रहरीले जनाएको छ ।घटना बारे प्रहरीले ठप्प अनुसन्धान गरिरहेको रौतहट प्रहरीले जनाएको छ ।स्थानीयहरूका अनुसार महतो बारीमा तरकारी खेती गर्दै आफ्नो जीवन निर्वाह गर्दै आइरहेका थिए । घटनाबारे जानकारी दिंदै वडाध्यक्ष शिवशङ्कर यादवले धारिलो हतियार प्रहार गरी हत्या गरिएको पुष्टि गरेका छन् । घटना सार्वजनिक भए लगत्तै रौतहट प्रहरीले गहिरो अनुसन्धान थालेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय