सि.के राउतलाई जीतपुरमा स्वागत,पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन बिरगंज जाँदै 

पछिल्लाे समाचार

३० श्रावन । सिमरा  – जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई बाराको जीतपुरमा भब्य स्वागत गरिएको छ।जनमत पार्टी पर्सा जिल्ला कमिटीले बिरगंजमा आयोजना गर्न लागेको बृहत पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जनमत पार्टीका अध्यक्ष बिरगंज आएको छ। सिमरा बिमानस्थल बाट बिरगंज जाने क्रममा जनमत पार्टीका अध्यक्ष राउतलाई जीतपुरमा रोकेर स्वागत गरिएको जनमत पार्टीका जीतपुरसिमरा नगर कमिटी अध्यक्ष मनोहर सोनिले बताए।

पछिल्लो समय जनमत पार्टीको देश बिदेशमा क्रेज बढदै गएको छ। अहिले मधेश प्रदेशमा सि.के राउत नेतृत्वको जनमत पार्टीका सतिश कुमार सिंह मुख्यमन्त्री पदमा रहेको छ।सिके राउतले सहभागी जनाउने पार्टी प्रवेश कार्यक्रममा केही चर्चित नेताहरु पार्टी प्रवेश गर्ने जनमत पार्टीले जनाएको छ।मधेश प्रदेशको बिकासको लागि जनमत पार्टीको सरकार अहिले नेतृत्व गरिरहनु प्रदेशकै लागि सुखद रहेको अध्यक्ष राउतले बताए।सयौको संख्यामा आएका जनमत पार्टीका कार्यकर्ताहरुले अध्यक्ष राउतलाई टीका माला र गमछा ओधाई जीतपुरमा स्वागत गरेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय