जीतपुरसिमराको बलुवामा नयाँ बाटो संचालन,कृषि बाटोको रुपमा समेत प्रयोग गरिने 

पछिल्लाे समाचार

२८ श्रावन।बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-१० बलुवामा नयाँ बाटो संचालनमा आएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका १० का वडाध्यक्ष सन्जय पटेलले नवनिर्मित नयाँ बाटोको उद्घाटन गरे संगै उक्त बाटो संचालनमा आएको छ ।

आईतबार एक कार्यक्रमको बिच नयाँ बाटोको उद्घाटन गरिएको वडा कार्यालयले जनाएको छ।वडा न १० को ३ लाख बजेट बाट बालुवामा ब्रह्मबाबा मन्दिर जाने बाटो निर्माण गरेर संचालनमा ल्याईएको वडाध्यक्ष सन्जय पटेलले बताए।सडक उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष पटेलले हिन्दुहरुको मन्दिर ब्रहमबाबा भएको स्थानमा बाटो नभएको कारण पूजा गर्न जानको लागि समस्या हुने गरेकोले वडाको बजेट बाट नयाँ बाटो निर्माण गरेर संचालनमा ल्याईएमो बताए।

उक्त बाटो निर्माण भए संगै स्थानियहरु खुशी भएको छ।बाटो निर्माणले कृषिमा समेत टेवा पुग्ने वडा कार्यालयले बिश्वास राखेको छ।उक्त सडक उद्घाटन कार्यक्रममा वडा सदस्य गरिब महतो ,रन्जित महतो,रमझरिया मलहिनिया,सकुलिया सरभगिन लगाएत स्थानियहरुको उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय