क्याम्पस प्रमुख कुशवाहाको मुख्य हत्यारा पक्राउ

पछिल्लाे समाचार

१३ मंसिर ।बारा : बाराका रामराजा बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्या प्रकरणका मुख्य अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ । पाँच महिना अगाडि गोली प्रहार गरी हत्या गरिएको सो घटनामा संलग्न मुख्य अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको हो । 

आदर्श कोतवाल नगरपालिका वडा नम्बर–२ स्थितको घरबाट फर्किने क्रममा  जेठ ३२ गते ५:१५ बेलुका गोली प्रहार गरीको उनको हत्या गरिएको थियो । त्यसबेलादेखि फरार मुख्य अभियुक्त सुरेन्द्र कुशवाहालाई गएराति पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । प्रहरीको विशेष टोलीले कुशवाहा हत्या प्रकरणका मुख्य अभियुक्त कुशवाहालाई विराटनगरबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बारामा ल्याएको एसपी महेन्द्र खडकाले बताए ।  करिब पाँच महिनादेखि परिचालित प्रहरीको स्पेसल टोलीले मुख्य अभियुक्त कुशवाहालाई विराटनगरबाट पक्राउ गरेको बाराका प्रहरी उपरिक्षक महेन्द्र खडकाले बताए ।

मुख्य अभियुक्त कुशवाहा विराटनगरमा लुकेर खेतीपाती सुरु गरेको सूचना आएपछि प्रविधिको सहयोगमा पछ्याउँदै जाँदा उनलाई बुधबार पक्राउ गरिएको बारा प्रहरीले जानकारी दिएको छ ।मुख्य अभियुक्त कुशवाहा पूर्व सेनाका जवानसमेत रहेको खुलेको छ।यो भन्दा पहिला नै बारा प्रहरीले क्याम्पस प्रमुख कुशवाहाको हत्याको आरोपमा ७ जनालाई पक्राउ गरेको र २ जना धरौतिमा रिहा भएको बारा प्रहरीले जनाएको छ। 

spot_imgspot_img
spot_img

लोकप्रिय