गढीमाई मेलाको अवसरमा मधेश प्रदेशमा मंसिर २३ गते सार्वजनिक बिदा

पछिल्लाे समाचार

१८ मंसिर ।बारा : बाराको महागढीमाई नगरपालिका वडा न ०१ बरियारपुरमा लाग्ने पञ्चवार्षिय विश्व प्रसिद्ध गढीमाई मेलाका अवसरमा मंसिर २३ गते आइतबार मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वप्रसिद्ध गढीमाई मेलाको विशेष पूजा हुने मंसिर २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

 मुख्यमन्त्री सतिशकुमार सिंहले गढ़ीमाई प्रति लाखौं श्रद्धालु भक्तजनको गहिरो आस्था र दृढ विश्वास रहँदै आएकाले विशेष पूजा हुने दिन सार्वजनिक बिदा दिएको जानकारी दिए । प्रदेशको धरोहरको रूपमा स्थापित गढीमाई मेलामार्फत घरेलु पर्यटन विकासलाई थप बलियो बनाउनेगरी बिदा दिएको उनको भनाइ छ ।मंसिर ०१ गते देखि सुरु भएको विश्व प्रसिद्ध गढीमाई मेला मंसिर ३० गते सम्म चल्ने छ ।

मंसिर २३ गते रङा र २४ गते खसी र बोकाको बलि दिइने कार्यक्रम तय भएको मेला ब्यवस्थापन समितिले जनाएको छ ।यता महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले मधेश प्रदेश सरकारले गढीमाई मेलाको अवसरमा बिदा दिइएकोमा धन्यवाद ज्ञापन गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय