पिलुवामा मंसिर २० गते देखि २६ गते सम्म श्रीमत् ततारम सागर एवम् श्रीमद्भागवत ज्ञान महायज्ञ  हुने

पछिल्लाे समाचार

१९ मंसिर ।बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका १६ पिलुवास्थित श्री कृष्ण मन्दिर सत्संग भवनमा मंसिर २० गतेदेखि २६ गते सम्म श्रीमत् ततारम सागर एवम् श्रीमद्भागवत ज्ञान महायज्ञ संचालन हुने भएको छ ।श्रीमत् ततारम सागर एवम श्रीमद्भागवत ज्ञान महायज्ञ मुल समारोह समितिले बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर सो ज्ञान महायज्ञ बारे जानकारी गराएको हो ।

श्री कृष्ण मन्दिर सत्संग भवन पिलुवामा गजुर निर्माण एवं गुरुकुल संचालनका लागि महायज्ञको आयोजना गर्न लागिएको सप्ताह मुल आयोजक समितिका अध्यक्ष चेतनाथ खरेलले जानकारी दिए  ।श्रीमत् ततारम सागर एवम् श्रीमद्भागवत ज्ञान महायज्ञ मुल समारोह समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै श्रीमद्भागवत कथाकार भागवताचार्य वाणी बिषारद शास्त्री श्री नवीन कृष्ण ढुङेलले आध्यात्मिक साधनाका लागि नेपाल सर्वोच्च स्थल विश्वले सम्मान गर्ने स्थान हो भन्दै विश्वलाई आध्यात्मिकवादमार्फत शान्तिका लागि मार्गदर्शन गर्न सबै नेपाली लाग्नुपर्नेमा जोड दिए ।

जीतपुरसिमरा उपमहानगर क्षेत्रलाई आध्यात्मिक पर्यटकीय नगरीका रुपमा अन्तर्राष्ट्रिय रुपमा विकास गराउनुपर्छ भन्दै उनले यस क्षेत्रको ऐतिहासिक पृष्ठभूमिलाई केलाएर अगाडि बढ्नुपर्ने बताए । जीतपुरसिमरा उपमहानगरपालिका वडा न १६ का अध्यक्ष हरिदेव खरेलले श्रीमत् ततारम सागर एवम् श्रीमद्भागवत ज्ञान महायज्ञ सञ्चालनबाट पहिचान उजागर हुने तथा ऐतिहासिक महत्व अझ बढी प्रचारप्रसार हुने धारणा राख्दै यसका लागि आवश्यक सहयोग, समन्वय र सहकार्य गर्ने बताए ।

वडाध्यक्ष खरेलले महायज्ञले यस क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्वको प्रचारप्रसार र आर्थिक संकलनमा महत्वपूर्ण काम हुनेमा विश्वास व्यक्त गरे। महायज्ञ सम्पन्न भएपछि गजुर निर्माण सुरु हुने भन्दै उनले ऐतिहासिक सम्पदा निर्माण पैसाको अभाव हुन नदिने पहल गर्ने प्रतिबद्धता जनाए । 

श्रीमद्भागवत ज्ञान महायज्ञ मुल समारोह समितिका अध्यक्ष चेतनाथ खरेलले दिनुभएको जानकारी अनुसार महायज्ञ अवधिभर विहान ७ बजे देखि मण्डप पूजा ,बिहान ८ बजे देखि १० बजे सम्म भागवत पाठ वाचन ११ बजे देखि ३ बजे सम्म भागवत कथा प्रवचन ,३ बजे देखि ४ बजे सम्म प्रसाद बितरण , बेलुका ७ बजे देखि १० बजे सम्म महात्म कथा तथा भजन कीर्तन एवं झाकी हुने छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय