कलैयामा सद्भाव र्‍याली, सामाजिक एकता कायम राख्न सबै पक्षको प्रतिबद्धता

पछिल्लाे समाचार

साउन १६ सिमरा । जिल्ला प्रशासन कार्यालय बाराले धार्मिक तथा सामुदायिक सद्भाव कायम राख्ने उद्देश्यले आज जिल्ला सदरमुकाम कलैयामा सद्भाव र्‍याली आयोजना गरेको छ।बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको आह्वानमा जिल्ला प्रशासन कार्यालयबाट सुरु भएको र्‍यालीले कलैया बजार परिक्रमा गर्दै शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गरेको थियो। र्‍यालीमा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, विभिन्न स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी, हिन्दू, मुस्लिम तथा अन्य धर्मका अगुवासहित स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।

बारा क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता चन्दन सिंहले मधेशका अन्य जिल्लामा देखिएको सामाजिक असहिष्णुताको प्रभाव बारामा पर्न नदिन व्यक्तिगत तथा संस्थागत रूपमा सबै पक्ष सक्रिय रहेको जानकारी दिनुभयो। आज आयोजित सद्भाव र्‍यालीले जिल्लामा धार्मिक सहिष्णुता, सामाजिक एकता र आपसी विश्वास अभिवृद्धि गर्न सकारात्मक सन्देश दिएको उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रमका सहभागीहरूले विविध समुदायबीचको आपसी सद्भाव, सहिष्णुता र भाइचारालाई थप मजबुत बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए। जिल्ला प्रशासन कार्यालय बाराले कुनै पनि प्रकारका अफवाह वा उत्तेजनात्मक गतिविधिको पछि नलाग्न तथा सामाजिक सद्भाव, शान्ति र कानुनी व्यवस्था कायम राख्न सबै नागरिकसँग आग्रह गरेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय