वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी

पछिल्लाे समाचार

साउन १४ वीरगञ्ज : जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार साउन १४ गते साँझ ५ बजेदेखि साउन १५ गते बिहान ६ बजेसम्म निषेधाज्ञा लागू हुने पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभएको छ।स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम जारी गरिएको आदेशअनुसार तोकिएको चार किल्लाभित्र पाँच जना वा सोभन्दा बढी व्यक्तिहरू भेला हुन, सभा–समारोह गर्न, जुलुस निकाल्न तथा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

निषेधाज्ञा लागू हुने क्षेत्रको पूर्वमा प्रतिमा चोक–बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट रहेको छ। प्रशासनले आदेशको उल्लङ्घन गर्ने जोकोहीलाई नियन्त्रणमा लिई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय