गोलबजारमा प्रहरीको गोलीबाट एकको मृत्यु, सुनसरीमा घाइते युवकले पनि गुमाए ज्यान

पछिल्लाे समाचार

साउन १४ सिमरा : सुनसरीबाट सुरु भएको तनावका बीच सिरहाको गोलबजारमा बिहीबार कर्फ्यु आदेश जारी भएपछि पनि प्रदर्शन उग्र बन्दा प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते भएका छन्। प्रदर्शनका क्रममा गोलबजार बजार क्षेत्रमा पार्किङमा रहेका ११ वटा मोटरसाइकलमा आगजनी गरिएको थियो। आगो गोलबजार नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

उता, सुनसरीको देवानगञ्ज गाउँपालिका–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको छ। यससँगै सुनसरी घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार उक्त घटनामा प्रहरीसहित २२ जना घाइते भएका छन्। तीमध्ये गोली लागेका ८ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्दै घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय