२२ मंसिर ।बारा : जीतपुरसिमरा उपमहानगरपालिका वडा न १४ को आयोजनामा रजघट्टामा हिंसा र कानुनी उपचार बिषयक बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा महिला हिंसा भनेको के हो ? घरेलु हिंसाका प्रकारहरू, यसका कानुनी प्रवाधानहरू र कुनै पनि महिला माथि हिंसा भएमा त्यसको उजुरी प्रकृया र सरोवारवाला निकायहरूसँग कसरी समन्वय गर्ने भन्ने विषयमा कार्यक्रममा अधिवक्ता हरेराम सराफले सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रका सहभागीले अझै पनि समूदायमा महिलाहरूले घरेलु हिंसा पीडित बन्नु परेको र कतिपय अवस्थामा मानसिक तनाव, शारीरिक रुपमा शरीरमा क्षतिहुने गरी हुने कुटपिट गरिएका घटना भए पनि हिंसा बारे सही पहिचान नहुँदा कानुनी उपचारमा पीडित महिला पुग्न नसकेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दहालले सो कुरा बारे प्रशिक्षण दिएका थिए । यसैगरी सहभागीहरूले महिला हिंसा तथा अन्य बालबालिका अपाङ्गता भएका व्यक्तिहरूको सवालमा स्थानिय सरकार नागरिक समाज सरोकारवाला निकायहरुले आगामी दिनमा नीति तथा योजनामा महिला सहभागितालाई बढाउनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
हिंसा र कानुनी उपचार बिषयक बारे अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा एमालेको पोल्युट ब्युरो सदस्य एवं पूर्व मन्त्री पुरुशोतम पौडेलले यस कार्यक्रमले घरेलु हिंसाको सवालहरुमा आगामी दिनमा उजुरी गर्ने र सिफारिस प्रक्रिया बारेमा जानकारी भएको र यसका कानुनी उपचार बारे जानकारी प्राप्त भएको हुँदा समाजमा हुने घरेलु हिंसा पीडित महिलाहरूलाई आफूहरूले न्याय दिन पहल गर्ने बताउनु भएको थियो ।
यसका साथै समाजमा हुने जातीय विभेद, आर्थिक तथा सामाजिक रूपमा हुँदा खाने र हुनेखानेका बीचमा रहेको अन्तरका कारण हुने विभेदका कारण दलित, अल्पसङ्ख्यक र अपाङ्गता भएका महिलाहरूको विकास तथा अन्य स्थानीय तहबाट उपलब्ध गराईने सेवा सुविधाहरूमा अर्थपूर्ण सहभागिताको लागि पनि कार्यक्रममा सहजिकरण गरिएको थियो ।जीतपुरसिमरा उपमहानगरपालिका वडा न १४ कि वडाध्यक्ष चयन गुरुङको सभाध्यक्षतामा सुरु भएको कार्यक्रमा प्रमुख अतिथिको रुपमा पूर्व मन्त्री पुरुशोतम पौडेल रहनु भएको थियो ।लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको वडा कार्यालयले जनाएको छ ।