करैयामाई गाउँपालिकाले कृषि मिटरमा ५० प्रतिशत अनुदान दिने 

पछिल्लाे समाचार

१६ पौष।बारा : बाराको करैयामाई गाउँपालिकाले कृषि सिंचाइँ विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । सिंचाइ समस्याका कारण उत्पादनमा कमी नआओस् भनेर अनुदान दिन लागेको करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद यादवले बताउनुभयो । किसानलाई सिंचाइ मिटरमा अनुदान दिँदा कृषि उत्पादन लागत थोरै भए पनि घटाउन सहयोग पुग्ने र किसानले उत्पादन गर्ने कृषि उपजबाट धेरै आम्दानी गर्न सक्ने भएकाले सिंचाइ मिटरको शुल्कमा ५० प्रतिशत अनुदान दिन लागेको अध्यक्ष यादवले तराईसंदेश संगको कुराकानीमा  बताउनुभयो ।

कृषि पेशा गरेका किसानलाई सिंचाइमा सुविधा दिने योजनाअनुसार नगरपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गरेको र सोहीअनुसार बजेट व्यवस्थापन गरेको करैयामाई गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र महतोले बताउनुभयो । करैयामाई गाउँपालिकाले  गाउँपालिका भित्र रहेका कृषि फर्म, समूह, सहकारीमा रहेका कृषि सिंचाइ मिटरको अभिलेख राखी वार्षिक रुपमा ती सिंचाइँ मिटरमा उठेको शुल्कमा ५० प्रतिशत अनुदान गाउँपालिकाको तर्फबाट दिइने करैयामाई गाउँपालिका कृषि विकास शाखाका प्रमुख ओमप्रकाश ठाकुरले बताउनुभयो । 

मुख्य गरी कृषिमा सिंचाइँको समस्याले उत्पादनमा कमी हुने हुँदा सिंचाइँलाई प्रोत्साहन गरी उत्पादन बढाउन र किसानको उत्पादन लागत घटाउन अनुदानको कार्यक्रम राखिएको शाखा प्रमुख ठाकुरले बताउनुभयो ।कृषि मिटरको ५० प्रतिशत रकम अनुदान लिन आउँदा वडा कार्यालयको सिफारिस,नागरिकताको प्रतिलिपी ,लालपुर्जाको प्रतिलिपी ,विद्युत महसुलको रसिद सक्कल लिएर आउन गाउँपालिकाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ।पौष २८ गते सम्म गाउँपालिकाको कार्यालयमा आएर सुचनामा उल्लेख गरिएको कागजात सहित कृषि शाखामा पेश गर्नको लागि गाउँपालिकाले सुचना नै जारी गरेर पालिका बासिलाई जानकारी दिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय