१६ पौष बारा : बारामा भएको मोटरसाइकल दुर्घटनामा परेर रौतहटको एक युवकको ज्यान गएको छ ।सोमबार जिल्लाको सिम्रौनगढ नगरपालिका ११ लक्ष्मीनिया चौकमा भएको दुर्घटनामा रौतहटको कटहरिया नगरपालिका ३ बिर्तिका उमाशंकर यादवको छोरा अन्दाजी बर्ष २५ को सुरेश यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।यादवको उपचारको क्रममा नेशनल मेडिकल कलेज बिरगंजमा मृत्युु भएको बारा प्रहरीले जनाएको छ।
म.प्र.२-०३-००७ प २०६० नम्बरको मोटरसाइकल र बा.प्र.०१-०३ च ४०७८ नम्बरको पिकअप सोमबार दिउँसो एकआपसमा ठोक्किएर दुर्घटना भएको र घाईते सुरेश यादवलाई उपचारको लागि कलैया प्रादेशिक अस्पतालमा लगिएको त्यहाँ बाट चिकित्सकहरुले रेफर गरे पछि ठप्प उपचारको लागि बिरगंज लगिएको थियो।बारा प्रहरिले पिकअप सहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।पछिल्लो क्रममा मधेश प्रदेशमा सवारी दुर्घटना बढदो क्रममा रहेको छ ।