जनकपुरमा मांसमदिरा बेच्नेलाई कारबाही गरिने:मुख्यमन्त्री सिंह

पछिल्लाे समाचार

१६ पौष । जनकपुर– जनकपुरधामको परिक्रमा सडकभित्र मांसमदिराको उत्पादन, बिक्री र उपभोग निषेधसम्बन्धी प्रावधान पालना नगर्नेलाई कारबाही  गर्ने मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चेतावनी दिएका छन्। मुख्यमन्त्री सिंहले मंगलबार जनकपुरमा सञ्चारकर्मीहरू सँगको भेटमा  जनकपुरधामको धार्मिक,सांस्कृतिक परम्परा र गरिमालाई अक्षुण्ण राख्न मांस मदिराको उत्पादन, बिक्री र उपभोग नगर्न जनकपुरवासीलाई आह्वान गर्नुभयो ।

जनकपुरधामवासीलाई परिक्रमा सडकभित्र निषेधित व्यवहार नगर्न अनुरोध गर्दै मुख्यमन्त्रीले मांसमदिरा निषेधसम्बन्धी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सम्बद्ध निकायलाई  अनुरोध गर्नुभयो । नियम पालना नगरे कारबाहीको दायरामा ल्याउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । 

spot_imgspot_img
spot_img

लोकप्रिय