वडा सदस्य सहनिको निधनमा आज जीतपुरसिमरा उपमहानगरपालिकामा शोक बिदा

पछिल्लाे समाचार

१७ पौष ।सिमरा : जीतपुरसिमरा उपमहानगरपालिकाले आज बुधबार शोक बिदा दिएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलका अनुसार वडा नम्बर १३ का वडा सदस्य जादोलाल सहनिको निधनमा उपमहानगरले उपमहानगरमा शोक बिदा दिइएको हो ।

बिरगंजको नेपाल मेडिसिटी ब्योधा अस्पतालमा उपचारका क्रममा वडा सदस्य सहनिको मंगलबार साझ ५ बजेर ५० मिनेटमा निधन भएको थियो । वडा सदस्य सहनिका परिवारका अनुसार उनी लामो समय देखि मृगौला रोग बाट पिडित थिए ।सोमबार उनको स्वास्थ्यमा अचानक समस्या आए पछि उपचारको लागि अस्पताल लगिएको थियो ।मंगलबार उपचारकै क्रममा सहनिको निधन भएको वडाध्यक्ष हेमनारायण चौधरीले बताए । 

सहनिको आजै अन्तिम दाह संस्कारका उनको आफ्नै गाउँ पोटामा गरिने छ । सहनी जीतपुरसिमरा उपमहानगरपालिकाको न्यायीक समितिका सदस्य समेत रहेका सहनी २०७९ सालको स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका थिए । जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत उर्मिला काफ्लेले वडा सदस्य सहनिको निधनमा एक दिन उपमहानगर अन्तर्गतका सम्पूर्ण कार्यालयमा शोक बिदा दिइएको सुचना जारी गर्दै नगरबासिलाई जानकारी गराउनु भएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय