१७ पौष। सर्लाही । सर्लाहीमा मंगलबार राती बसको ठक्करबाट सशस्त्र प्रहरी निरिक्षकको मृत्यु भएको छ ।मंगलबार राती ८ बजेको समयमा रौतहटको बडहर्वा बाट काठमाडौं जाँदै गरेको बसले ठक्कर दिदा सर्लाहीको छटौना सशस्त्र वेस क्याम्पमा कार्यरत रहेका सशस्त्र प्रहरी निरीक्षक बिजय तुलाधरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहिले जनाएको छ।
रौतहटको बडहरवाबाट खुलेको बा ००६ ख २००४ नम्बरको बसले ड्युटी सकाएर क्याम्प पुग्न लागेको सशस्त्र प्रहरी निरीक्षक बिजय तुलाधरलाई ठक्कर दिदा उनी गम्भीर घाईते भएको थियो ।सशस्त्र प्रहरी निरिक्षक तुलाधरको उपचारको क्रममा मृत्यु भएको सर्लाही प्रहरिले जनाएको छ।मृतक ईन्स्पेक्टर तुलाधरको शव प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ। मृतक तुलाधार काठमाडौं महानगरपालिका निवासी थिए। वहाँको शवलाई आज काठमाडौ पुर्याउने र राजकीय सम्मान साथ अन्त्येष्टि गरिने छ।