२२ पौष ।रौतहट : रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा न २ मा रहेको दलित प्राथमिक विद्यालय सितलपुरमा अध्ययनरत विद्यार्थीहरू नयाँ पोसाक पाएपछि खुसी भएका छन्। विद्यार्थीहरुले पाउने छात्रवृत्ति रकम बाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पोसाक वितरण गरिएको वडाध्यक्ष सन्जय यादवके जानकारी दिनुभयो । उहाँले विद्यालयमा अध्ययनरत एक सय ८० विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गरिएको जानकारी दिनुभयो ।
सोमबार एक कार्यक्रम बिच वडाध्यक्ष यादवके विद्यालयमै पुगेर विद्यार्थीहरुलाई पोशाक वितरण गर्नु भएको छ। पोसाक वितरण कार्यक्रममा बोल्दै वडाध्यक्ष सन्जय यादवल कपडा अभावमा पढाइमा वञ्चित हुन नपरोस् भन्ने अभिप्रायले पोसाक वितरण गरिएको बताउनुभयो। विद्यालयमा अध्ययनका लागि आउने छात्रछात्राहरू समान भएको देखाउने विद्यालय पोसाक भएको बताउनुहुँदै वडाध्यक्ष यादवले भन्नुभयो, “विद्यालयमा जात, जाति, धनी वा गरिब कोही नभई अध्ययनको लागि आउने सम्पूर्ण विद्यार्थी भएकोले सो को अनुभूति पोसाकले नै गर्ने कारण यो वितरण गरिएको हो ।”
उहाँले वडाले विद्यालय पोसाक मात्रै नभई गुणस्तरीय शिक्षा, खेलकुदको उचित प्रबन्ध समेत विद्यार्थीहरूको लागि गर्नुपर्ने चर्चा गर्नुका साथै अभिभावकहरूलाई समेत विद्यालयमा आएर निगरानी र अनुगमन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा विद्यालयका प्रधानध्यापक राजेन्द्र हजराले शिक्षाको गुणस्तरीयताको लागि वडास्तरबाट काम भइरहेको बताउनुभयो । यस कार्यको लागि शिक्षक, अभिभावक तथा नगरपालिकाबाट अपेक्षित सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा बोल्दै स्थानिय समाजसेवी कमल राय यादवले वडाका कतिपय दलित बालबालिकाहरू पोसाक अभावमा नियमित हुन नसकेको बताउनुहुँदै यसले विद्यार्थीको पठनपाठन नियमित हुन सहयोग पुग्ने बताउनुभयो । विद्यालयमा भवन अभाव भएकोले भवन निर्माणमा समेत चासो राखिदिन तथा सो अनुसारको भवन निर्माण गरिदिन समेत उहाँले वडाध्यक्ष संग आग्रह गर्नुभयो ।विद्यार्थीहरुले पोशाक पाए पछि खुशी भएका छन।