रवि लामिछाने रिहा, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने

पछिल्लाे समाचार

२५ पौष । काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ८४ दिनपछि थुनामुक्त भएका छन् । उनलाई रिहा भएलगत्तै पुनः पक्राउ गर्ने तयारीबाट प्रहरी पछि हटेको छ । जिल्ला अदालत कास्कीले रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ । सो धरौटी बुझाएर रवि रिहा भएको रास्वपा प्रवक्ता मनिष झाले बताए ।

उनी अदालतबाट आफ्नै गाडीमा निस्किने र अस्पताल जाने बताइएको छ ।फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षणपछि उनलाई पार्टीको जिम्मा लगाइने प्रहरी स्रोतले बतायो ।जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले साता लामो थुनछेक बहसपछि बिहीबार साँझ रविसहित सातैजनालाई धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय