दुधौरा खोलामा तटबन्ध निर्माणको शिलान्यास, सिँचाइ समस्या समाधान हुने अपेक्षा

पछिल्लाे समाचार

सिमरा, असार १। जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० मा सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले दुधौरा खोलामा तटबन्ध निर्माण तथा खोला मर्मत कार्यको शिलान्यास गरिएको छ। सोमबार आयोजित कार्यक्रममा वडा अध्यक्ष संजय पटेलले निर्माण कार्यको शिलान्यास गरेका हुन्। संघीय सरकारको एक करोड ५० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको तटबन्धले वर्षौंदेखि सिँचाइ समस्याबाट प्रभावित स्थानीय किसानलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

शिलान्यास कार्यक्रममा बोल्दै वडा अध्यक्ष पटेलले दुधौरा खोलामा तटबन्ध निर्माण भएपछि वर्षायाममा पानी व्यवस्थापन सहज हुने र खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार हुने बताए। उनले कृषिलाई प्राथमिकतामा राखेर वडामा आवश्यक पूर्वाधार निर्माणलाई निरन्तरता दिइने उल्लेख गरे। स्थानीय किसानहरूले पनि तटबन्ध निर्माणपछि खेतमा सिँचाइका लागि पर्याप्त पानी उपलब्ध हुने विश्वास व्यक्त गरेका छन्। उनीहरूले लामो समयदेखिको माग सम्बोधन भएकामा खुसी व्यक्त गर्दै निर्माण कार्य समयमै सम्पन्न गर्न आग्रह गरेका छन्। तटबन्ध निर्माण सम्पन्न भएपछि वडा नम्बर १० का किसानहरूको कृषि उत्पादन वृद्धि हुनुका साथै खेतीपातीमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय