अखिलेश कुमार यादव ।०९ माघ । मुलुकले स्वच्छ खानेपानी आपूर्ति गर्न बर्सेनि खर्च गर्दै आएको छ । तर बारामा भने सरकारले स्वच्छ खानेपानी आपूर्तिको लागि बनाइदिएका करोडौंका संरचना उपयोगविहीन हुदा एकातिर संयुक्त राष्ट्र संघद्धारा सन् २०३० सम्म लक्षित दिगो विकास लक्ष्य प्राप्ति समेत प्रभावित हुने देखिएको छ भने अर्कोतिर खानेपानी र सरसफाइको लागि मुलुकले राखेका लक्ष्यहरू समेत प्रत्यक्ष÷अप्रतयक्ष रूपमा प्रभावित बन्न पुगेको छ ।
बारामा खानेपानी आपूर्तिको लागि करोडौं लगानीमा बनेका जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ५ बकुलियामा खानेपानीका ट्यांकी एकातिर उपयोगविहीन बनेका छन् भने अर्कोतिर नागरिकले चापाकलको आर्सेनिक युक्त खानेपानी पिउन विवश छन् । सम्बन्धित स्थानीय तह, उपभोक्ता समिति र उपभोक्ताको लापर्वाहीले ट्यांकी प्रयोगमा आउन नसकेको हो । यता डिभिजन कार्यालय बाराका अनुसार पाईपर्लान बिस्तारको लागि आरसिसि सडक धलानलाई काटेर पाईप लगाउनु पर्ने भएकोले स्थानिय तहले पहल नगरेकोले गर्दा जीतपुर खानेपानि संचालनमा न आएको दाबि गरेका छन ।
जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो १० औं नगरसभा बाट बकुलिया खानेपानी संचालनको लागि बजेट बिनियोजन गरे पनि अहिले सम्म बकुलिया खानेपानि संचालनमा ल्याउनको लागि काम अगाडी नबढे पछि स्थानीयहरुको खानेपानी संचालनमा आउने आश समेत मरेको छ । बकुलिया खानेपानी संचालनको लागि नयाँ कार्यसमिति गठन हुदाँ समेत काम अगाडी बढ्न सकेको छैन ।जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक बर्ष–२०८१÷०८२ मा पाँच करोड बजेट बिनियोजन गरे पछि भवानीपुर बकुलिया खानेपानी आयोजना संचालनमा आउने आश स्थानीयहरुमा पलाए पनि काम अगाडी नबढ्दा स्थानीयहरुको आश निराशामा परिणत भएको छ ।
खानेपानी ट्यांकी निर्माण भएको बर्षौ बितिसक्दा पनि खानेपानी ट्यांकी संचालन नहुदा,बकुलिया,भवानीपुर,जीतपुर,बिशौलिया लगाएत गाउँका जनताहरु अहिले पनि चापाकलको आर्सेनिक युक्त खानेपानी पिउन विवश छ । उता कतिपय स्थानीय तहमा भने खानेपानी ट्यांकी निर्माणाधीन छ केही स्थानीय तहमा चाहिँ ट्यांकी निर्माण सम्पन्न भइ पानी आपूर्ति भैरहेको छ ।