शैक्षिक अवस्था तथा गुणस्तर सुधारको लागि कलैयामा अन्तरक्रिया कार्यक्रम

पछिल्लाे समाचार

०९ माघ,कलैया ः विद्यालय स्तरमा शैक्षिक सुधारको लागि कलैयामा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।जिल्ला शिक्षा समिति, शिक्षा विकास तथा समन्वय इकाइ, बाराको आयोजनामा शैक्षिक अवस्था तथा गुणस्तर सुधारको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।मंगलबार जिल्ला प्रशासन कार्यालय बाराको सभाहलमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । स्थानीय तहका प्रमुख तथा सरोकारवालाहरूको बीचमा अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले शैक्षिक सुधारको लागि नगरपालिकाले काम गरिरहेको जानकारी दिदै यसमा प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले शिक्षकहरुलाई राजनैतिक संलग्नताको आरोप लाग्ने गरेकोमा त्यसबाट बचेर शिक्षण सिकाई गनर्थ निर्देशन दिनुभयो । कार्यक्रममा बारा जिल्लामा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था,समस्याहरु तथा सुधारको विषयमा छलफल गरिएको थियो । कार्यक्रममा बारा जिल्लाका स्थानीय तह प्रमुखहरुले आ–आफ्ना पालिकामा रहेको सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्थाको बारेमा जानकारी गराएका थिए ।

गुणस्तरीय शिक्षा हासिल गर्नका लागि सरोकारवाला पक्षसँग राय, सल्लाह र सुझाव लिनका लागि छलफल गरिएको जिल्ला शिक्षा समन्वय इकाइ बाराले जनाएको छ । कार्यक्रममा सामुदायिक बिद्यालयका शिक्षकहरुले विषयगत शिक्षकको व्यवस्था, पाठ्यपुस्तक समयमै उपलब्ध गराउनुपर्ने, अभिभावक बढी जिम्मेवार हुनुपर्ने, परिमार्जित पाठ्यक्रम अनुसार शिक्षकलाई तालिमको व्यवस्था गर्न सके शिक्षा क्षेत्रमा सुधार ल्याउन सकिनेमा जोड दिएका थिए।

spot_imgspot_img
spot_img

लोकप्रिय