सर्लाहीमा आनाधुन तस्करी बिवादित घुमुवा परिचालन

पछिल्लाे समाचार

सर्लाही।बैशाख १९। भारत नेपाल संग टाँसिएको सर्लाही जिल्लाको विभिन्न नाकाबाट आनाधुन तस्करी बढेका छन्। सर्लाही जिल्लाको पुर्वी नाका र पश्चिमी नाका अहिले सादा पोसाकमा खटिने प्रहरीले लाईन खोलाएको स्रोतले जनाएको हो।सुचना तथा अपराध नियन्त्रणका लागि खटाएको सादा पोसाकका घुमुवाले अहिले सर्लाही जिल्लाको विभिन्न नाकामा तस्कर संग हेलमेल राखी ताण्डव मचाएका छन्।

स्रोतअनुसार सर्लाही जिल्लाको सदरमुकाम मलङ्वामा पर्ने पुर्वी नाकाका तस्कर संगको डिल सादा पोसाकमा खटिने प्रहरी जवान मुकेश गुप्ताले हेर्ने गर्छन्। भने पश्चिमी नाकाको तस्कर संगको डिल प्रहरी सहायक निरीक्षक तेजनरायण यादवले हेर्ने गर्दछन्। यति मात्र होईन सादा पोसाकमा खटिने प्रहरी सहायक निरीक्षक यादव बिगत केही महिना अगाडि राती केटी घुमाउने क्रममा सर्लाहीको सलेमपुरका स्थानीयहरुले पक्राउ गरी शस्त्र प्रहरीको जिम्मेवारी लगाएका थिए। प्रहरी सहायक निरीक्षक यादवलाई स्थानीयहरुले पक्राउ गर्दा प्रहरी सहायक निरीक्षक यादवले राखेको पेस्तोल समेत देखाएर स्थानीयहरुलाई तर्साएका थिए।

प्र .स.नि यादवले मादक पदार्थ सेवन गरी राति राति केटी घुमाई रहदा रङ्गेहात पक्राउ गरी शस्त्र प्रहरीलाई जिम्मा लगाएको कुरा अवगत नै छन्। पक्राउ पछी प्र.स.नि यादवलाई नेपाल प्रहरीको टोलीले मेडिकल गराई रातभरी थुनेका थिए।राती राती प्र.स.नि यादवले मादक पदार्थ सेवन गरी खुल्याम केटी घुमाई रहदा यादवलाई केही कार्वाही नगरी नसियत मात्र दिई उल्टै बचाउने कार्य भएको स्रोतले जनाएको हो। प्र.स.नि यादव बारे पटक पटक उजुरी,बेनामी आउँदा पनि देखावटी रुपमा ईलाका प्रहरी कार्यालय लालबन्दी पठाईयो। तर प्र.स.नि यादव दिन रात तस्कर संग सेटिङ्गमै ब्यस्त रहने गरेको स्रोतले जनाएको हो।

प्रहरी सहायक निरीक्षक यादवलाई पछि कागजी हिसाबले प्रहरी चौकी सोल्टी खटाईयो। सोल्टी खटाउँदा पनि प्र.स.नि यादवको काम चाँही बोर्डर छेउका चौकी ईन्चार्ज र तस्कर संग मिली रकम उठाउने र डिल गर्ने बाहेक चौकीमा कहिलै देखिएन्। सादा पोसाकमा खटिएका प्रहरी सहायक निरीक्षक यादव र प्रहरी जवान गुप्ताले सर्लाहीको विभिन्न नाका तस्कर संग मिली अहिले तुफान मचाएका छन्। प्रसनी यादव र प्र.ज गुप्ताले तस्कर संग डिल गर्न छुट्टै मोबाइल बोकेको र प्रसनी यादवको दुईटै मोबाइल नंबरको अन्तिम नंबर ६७१/४१७ र प्र.ज गुप्ताको दुईटै नंबरको अन्तिम नंबर ४५७/९४१ रहेको बुझिएको हो।

तस्करहरुको नाम र कार्य


भाइलोग भन्ने भारत सोहरवाको चाइनिज लाइटर,लहसुन, आदि पिकअप तथा मोटरसाइकल मा पर्सा, सखुआवा, नरायनपुर, नाका बाट भारत लाने गर्दछन्। नविन चौधरि बलरा कवाड र बैट्रि को बलरा नाकाबाट भारतको विभिन्न ठाउँमा लाने गर्दछन्। भारतको इनरवाका बिजय दास तत्मा र पुकार ठाकुरले पर्सा सखुआवा नाका बाट कपरा को काम गर्ने गर्छन्।

पर्सा जिगडियाका सरोज साह सोनारले पर्सा सखुआवा नाका बाट कपडाको कार्य गर्ने गर्दछन्।पर्साका मालीले ७ वटा मोटरसाइकलमा फुलमालाको कार्य गर्दछन्। जयकिशोरले गोरखकालि नाकाबाट तस्करी गर्ने गर्दछन्। अशोक कवाडवालाले त्रिभुवननगर ठुलै कवाड तस्करी गर्ने गर्दछन्। उमेश यादव र राजन अण्डावालाले मलंगवाबाट कपडा र लचका र झिलमिलयाबाट अण्डा को तस्करी गर्ने गर्दछन्। सम्पुर्ण यतायात बस मलंगवा देखि काठमाडौं जाने बसमा कपडा स्पेयर पार्टस बापत तस्करी हुने गरेका छन्।

पृथ्वी बसबाट मलंगवा देखि काठमाडौं जाने बसमा कपडा काजु स्पेयर पार्टसको तस्करी हुने गरेका छन्। सोभा मैडम संग्रामपुर नाका किराना को काम स्कुटिमा गर्ने गर्दछिन्। सुजित यादव त्रिभुवन नाकाबाट किराना लोकल बसमा तस्करी गर्ने गर्छन्। जितेन्द्रले किराना मलखाद र राजाले हार्डवेयरको तस्करी गर्ने गर्छन्। भने तिन बहिनीले लोकल बसबाट किरानाको तस्करी गर्ने गर्छिन्। मैडम भन्ने आईमाईले काजु किसमिसको तस्करी गर्ने गर्छिन्। कौडेनाबाट दिपक मुर्गावाला चल्लाको तस्करी गर्ने गर्दछन्।

गम्हरियाका बिजय साह कलवारले खुटौना, भाडसर नाका बाट कपडाको तस्करी गर्ने गर्दछन्।भने मिकरानीले सुन देखि नुन सम्मको ठुलो तस्करी गर्ने गर्दछन्। भर्खरै केहि दिन पहिला राजस्व टोली काठमाडौं र शस्त्र प्रहरीले टोलीले मान्छे र पिकअप सहित लगभग २५ लाख बराबरको कपडा सर्लाही भन्सार कार्यालय बुझाएका थिए। सेराजुल मिकरानि को अहिले पनि काम बन्द छैन सेराजुल ले २०/२५ जना आइमाइ राखेको छ जुन मलंगवा को लचकाको बाटो भएर कपडा देखि लियेर बहुमुल्य भारतीय समानको तस्करी गर्ने गर्दछन्। सरोज बत्रौल, राजेश राहुवा, बिजय गडहिया,मनोज माहतोले नेपाल देखि भारत गिट्टि , बालुवा चाईनिज लहसुन,मदिरा,स्याउ,भारतबाट कपडा,चल्ला,भारतीय बहुमुल्य समानको खुल्याम तस्करी गराउने गर्दछन्।

भने खैरवाका बुधु यादवले छन्किटोला नाकाबाट रङ्गाका तस्करी गर्ने गर्छ भने सोही ठाउँका रामइश्वरले बलरा छन्कि नाका बाट कपडाको तस्करी गर्ने गर्दछन्।भने मनोज,सिकिन्दर र सोपिन्दरले गडहिया खैरवा बाधबाट रौतहटको धरमपुर पुल भएर कपडा र भारतीय बहुमुल्य समानको तस्करी गर्ने गरेको स्रोतले जनाएको हो। स्रोतअनुसार यी सबैको सेटिङ्ग मास्टर सादा पोसाकमा खटिएका प्रहरी सहायक निरीक्षक तेजनरायण यादव र प्रहरी जवान मुकेश गुप्ता हो। यिनीहरुलाई पटक पटक बिभागले देखावटी कार्वाही मात्र गरिएको स्रोतले बताएका छन्।

a

spot_imgspot_img
spot_img

लोकप्रिय