पन्नादेवी विद्यालयको २२ बिघा जग्गाको आम्दानीमा अनियमितताको आशंका

पछिल्लाे समाचार

बारा । कलैया उपमहानगरपालिका–५ घुसुकपुरस्थित पन्नादेवी कन्या माध्यमिक विद्यालयको नाममा रहेको २२ बिघा १७ कठ्ठा कृषि जग्गाबाट प्राप्त हुने आम्दानीको हिसाबकिताबमा अनियमितताको आशंका देखिएको छ। विद्यालयको आर्थिक वर्ष २०८१/०८२ को अडिट प्रतिवेदनमा विभिन्न जोताहाबाट उठाउनुपर्ने ४० लाख २८ हजार २५० रुपैयाँ बराबरको धानबाली बक्यौता रहेको उल्लेख गरिएको छ।

तर सम्बन्धित जोताहाहरूले आफूहरूले रकम बुझाइसकेको दाबी गरेका छन्। केहीले तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्षमार्फत रकम बुझाएको बताएका छन् भने केहीले बैंक खातामार्फत रकम जम्मा गरेको दाबी गरेका छन्। यद्यपि, ती रकम विद्यालयको अभिलेख तथा खातामा स्पष्ट रूपमा देखिएको छैन।अडिट प्रतिवेदनमा सबैभन्दा बढी बक्यौता उपेन्द्र प्रसाद चौधरीको नाममा देखिए पनि विद्यालयका वर्तमान प्रधानाध्यापक नरेन्द्र कुमार गिरीले प्रतिवेदनमा उल्लेख गरिएका केही विवरण तथ्यसँग नमिल्ने बताएका छन्। यसले अडिट प्रतिवेदनकै विश्वसनीयतामाथि प्रश्न उठाएको छ।

विद्यालयको जग्गाबाट वार्षिक रूपमा उल्लेख्य आम्दानी हुनुपर्ने भए पनि त्यसको पारदर्शी अभिलेख नदेखिएको, रकम बुझाएको दाबी र अडिट प्रतिवेदनबीच विरोधाभास देखिएकाले आर्थिक अनियमितताको आशंका बढेको स्थानीयहरूको भनाइ छ।स्थानीय अभिभावक तथा सरोकारवालाले विद्यालयको सम्पूर्ण आर्थिक कारोबारको स्वतन्त्र छानबिन गरी आम्दानी तथा खर्चको विवरण सार्वजनिक गर्न र दोषी देखिएकामाथि कानुनी कारबाही गर्न माग गरेका छन्।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय