बागमती प्रदेशमा प्रहरीको सक्रियता बढ्दै

पछिल्लाे समाचार

हेटौंडा–आर्थिक वर्ष २०७७–०७८ मा बागमती प्रदेश प्रहरी कार्यालयले बिभिन्न आपराधिक घटनाहरुको अनुसन्धानमा सफलता हात पारेको छ । घटनाका अपराधीलाई कानुनको दायरामा ल्याउन प्रदेश प्रहरी कार्यालयले सफलता हासिल गरेको छ । 

चितवन
२०७७ असार १८ गते १८ वर्षकी एक किशोरीसमेतले आर्थिक प्रलोभनमा पारी मानव बेचबिखन तथा ओसारपसार गरेको अनुसन्धान पत्ता लगाउन सफल भएको छ । चितवनमै २०७७ असार १८ गते २९ वर्षीय सञ्जय खनाललाई शिवलाल कुमालले कर्तव्य गरी ज्यान मारेको अभियोग अनुसन्धानबाट पत्ता लागेको छ ।

जिल्लाकै २०७७ साउन १७ गते ६० वर्षकी महिलालाई सिंहबहादुर बिकले जबर्जस्ती करणी गरेको पत्ता लागेको छ । २०७७ सालमै १३ वर्षकी बालिकालाई रामहरी गैरेले जबर्जस्ती करणी गरेको आरोपमा अनुसन्धानमा पत्ता लगाइएको छ । पीडकहरु हाल जेलको चिसो छिंडीमा दिन बिताइरहेका छन् ।

मकवानपुर
जिल्लामा २०७७ मा बालिकालाई जबर्जस्ती करणी गरी ढुंगाले टाउकोमा प्रहार गरी कर्तव्य गरेको आरोपमा अनुसन्धान गरी पत्ता लगाएर पीडकलाई बलात्कार र कर्तव्य ज्यानमा मुद्धा चलाउन प्रहरी सफल भएको छ ।

२०७७ मंसिर ३ गते २१ वर्षका शंकर भनिने भीमराज भोलनले धारिलो हतियार खुकुरीले वर्ष २४ का विकास वाइबालाई पटकपटक प्रहार गरी कर्तव्य गरेको अनुसन्धानले पत्ता लगाएको छ । पीडक भोलन भीमफेदी कारागारमा छन ।

२०७७ भदौ ३१ गते ४१ वर्षीय मनोज भनिने भोजबहादुर भण्डारीलाई सहदेव मगर, गुणराज तामाङ र प्रदीप गोले भनिने जफतबहादुर गोलेलगायतले सामाजिक सञ्जालमा नकारात्मक कमेन्ट गर्दै ‘भ्रष्टाचारी’ भनिँदा आत्महत्या गर्ने वातावरण सिर्जना गराएको अनुसन्धानले पत्ता लगाएको छ । उनीहरुलाई प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्धा चलाएको थियो ।

२०७७ असोज १२ गते ५२ वर्षे हस्तनारायण श्रेष्ठलाई ४५ वर्षकी पत्नी दुर्गामाया श्रेष्ठले धारिलो हतियार खुकुरी प्रहार गरी कर्तव्य गरेको अनुसन्धानले पत्ता लगाएको छ । दुर्गामायालाई कानुनी कारबाही अगाडि बढाइएको छ । जिल्लामा २०७७ कत्तिक १३ गते गोबिन्द भनिने हीरा बहादुर दाहालसमेतले कृष्णमाया दाहाललाई बोक्सीको आरोप लगाएकोमा प्रहरीले मुद्धा चलाएको छ ।

काभ्रे
२०७७ असार २७ गते नाम परिवर्तित जिल्ला ३० तीनघरे (क) को वर्ष ७ की नाबालिका छोरीलाई जिल्ला ३० तिनघरे २ (घ) ले जबजसर््ती करणी गरेको अनुसन्धानले पत्ता लगाएको छ । पीडकलाई कानुनी कारबाही गर्दै जेल पठाएएको छ ।

जिल्लामा २०७७ भदौ २४ गते रामकुमार दनुवारलाई सबिता तामाङसमेतले अपहरण तथा शरीर वन्धक गरी रकम माग गरेको अनुसन्धानबाट खुलेपछि शरीर वन्धकमा प्रहरीले मुद्धा चलाएको छ ।

२०७७ भदौ १८ गते ३७ वर्षकी रञ्जना तिमल्सिना अधिकारीलाई सुदर्शन अधिकारीले घाँटीमा धारिलो हतियार बञ्चरो प्रहार गरी कर्तव्य गरी हत्या गरेको ठहर गरी अभियक्तलाई कानुनी दायरामा ल्याउन प्रहरी सफल भएको छ । २०७७ साउन १२ गते पेम्बाज शेर्पालाई श्रीखण्ड तामाङसमेतले ठगी गरेको पत्ता लगाएर कानुनी कारबाही गरिएको छ ।

सिन्धुपाल्चोक
जिल्लामा २०७७ साउन २ गते ७७ वर्षका भरतसिं तामाङले ८० वर्षकी पत्नी बुद्धिमाया तामाङलाई धारिलो हतियार प्रहार गरी टाउको छिनाइ कर्तव्य गरी मारेको अनुसन्धानले पत्ता लगाएको छ । भरत सिंहलाई पक्राउ गरी प्रहरीले कानुनी कारबाही अगाडि बढाएको छ ।

जिल्लामा २०७६ पुस २९ गते २९ वर्षे इन्द्रवती (परिवर्तित नाम) लाई प्रतिवादी बहादुर थापाले जबर्जस्ती करणी गरेको प्रहरीको अनुसन्धानबाट खुलेपछि थापालाई कानुनी कारबाही गरिएको छ ।

नुवाकोट
जिल्लामा २०७७ असार ३१ गते सैलेश श्रेष्ठसमेतले सन्तोस राई तथा अनिष राईलाई धारिलो हतियार खँुडाले प्रहार गरी घाइते बनाएकाले प्रहरीले ज्यानमार्ने उद्योगमा मुद्धा चलाएको छ भने २०७७ मंसिर ११ गते १५ वर्षे परिवर्तित नामले १३ वर्षकी परिवर्तित नाम २०७७÷०७८ बिदुर १ लाई संवेदनशील अंग समातेर करणी सम्बन्धि उद्योग गरेको आरोपमा बिदुरलाई मुद्धा चलाइएको छ ।

धादिङ
२०७७ साउन २ गते ७३ वर्षे तिलकबहादुर नेवारले ४ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको अनुसन्धानले पत्ता लगाएपछि अभियुक्तलाई कानुनी कारबाही गरिएको छ । सरस्वती कुमाललाई जीवन भनिने भीमबहादुर बुढाथोकीले चलाएको जेसीबीले ठक्कर दिएर घाइते बनाइ माटोले पुरेर कर्तव्य गरी मारेको अनुसन्धानले पत्ता लगाएको छ । चालकलाई प्रहरीले पक्राउ गरी कानुनी कारबाही गरेको छ ।

२०७७ पुस २४ गते ७५ वर्षकी सान्ननी सार्कीलाई धनबहादुर कालीराज, पुष्पराज, पुष्पाकुमारी पौडेलसमेतले कर्तव्य गरी मारेर उनले लगाएको सुनका गहना लुटेको अनुसन्धानले पत्ता लगाएको छ । २०७८ जेठ २० गते अर्जुन श्रेष्ठलाई कुटपिट गरी मारेर दारियाल खोलाको किनारमा गाडी बेपत्ता बनाएका ५ प्रतिबादीलाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाइएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय