विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री प्रचण्ड

पछिल्लाे समाचार

चैत ०१ गते, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने भएका छन् । यसका लागि उनले गठबन्धनका अन्य दलका नेतासँग परामर्श थालेका छन् ।

यसअघि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्तासहित सरकार छाडेपछि प्रचण्डले संविधान बमोजिम विश्वासको मत लिनुपर्ने अवस्था बनेको हो । प्रचण्डनिकट स्रोतका अनुसार उनले चैत ६ भित्र विश्वासको मत लिने तयारी गरेका छन् ।

विश्वासको मत पछि मात्रै मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री प्रचण्ड रहेका छन् । एमालेले प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएसँगै उनी नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय