आँधीले ठूलो क्षति गरेपछि अमेरिकाको मिसेसिपीमा राष्ट्रिय आपतकालको घोषणा

पछिल्लाे समाचार

१२ चैत,एजेन्सी – आँधीले ठूलो क्षति गरेपछि अमेरिकाको मिसेसिपीमा राष्ट्रिय आपतकालको घोषणा गरिएको छ।तीव्र गतिको आँधी कारण घर भत्कँदा २६ जनाको मृत्यु भएपछि गभर्नर टाटे रेभ्स्ले राष्ट्रिय आपतकालको घोषणा गरेका हुन्।

उक्त आँधीमा परेर अझै केही व्यक्ति हराइरहेका छन्। हराइरहेका मानिसको खोजी र उद्धारको काम भइरहेको छ।तीव्र गतिको आँधीका कारण घरहरु भत्किएर केही मानिस भग्नावशेषमा फसेको बिबिसीको समाचारमा उल्लेख छ।

आँधीपछि मिसेसिपीका धेरै ग्रामीण क्षेत्रमा विजुली काटिएको छ। उद्धारलाई तीव्र पारिएको समाचारमा उल्लेख गरिएको छ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय