मकवानपुर ११ जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश

पछिल्लाे समाचार

१२ चैत ,सिमरा : मकवानपुर ११ जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।बाराको सिमरा रंगशालामा जारी प्रतियोगितामा शनिबार मकवानपुर ११ ले बनाएको २–० को सुरुवाती अग्रता जोगाउन नसक्दा खेल अतिरिक्त समय हुँदै टाईव्रेकरमा धकेलिएको थियो । निर्धारित समय २–२ को बराबरीमा सकिएपछि ३० मिनटको अतिरिक्त समयमा दुबै टिमले १–१ को बराबरी खेले ।

मकवानपुरको जितमा टाईव्रेकरमा संजिव अर्याल, मनिष पौडेल, सुजन गुरुङ र सुदिप श्रेष्ठले गोल गरे । मकवानपुरका अभिनाष खड्काको प्रहार भरतपुरका गोलरक्षकले बचाउ गरेका थिए । भरतपुरका लागि सजिन थापा, भिष्म क्षेत्री र सुनिल श्रेष्ठले गोल गरेका थिए । टिप्सन राईको प्रहार क्रसबार माथिबाट बाहिरीयो भने आकाश थापामगरको प्रहार गोलपोष्टबाट रिबाउण्ड भयो ।

निर्धारित समयको खेलमा मकवानपुरले खेलको दशौं मिनटमै २–० को अग्रता लिएको थियो तर त्यसलाई जोगाउन नसक्दा खेल अतिरिक्त समय हुँदै टाईव्रेकरमा धकेलिएको थियो । मकवानपुरले खेलको चौथो मिनटमा सुजन गुरुङको गोलबाट अग्रता बनायो । भरतपुरका गोलरक्षकले आफ्ना खेलाडीलाई पास दिन खोजेको बल विट गर्दै करिब ३० यार्ड परबाट सुजनले गोल गरेका थिए ।

१–० ले पछि परेको भरतपुरविरुद्ध आक्रामक खेल खेलेको मकवानपुरले खेलको दशौं मिनटमा अग्रता दोब्बर पा¥यो । मनिष पौडेलले करिब ४५ यार्ड परबाट गरेको प्रहार गोलमा परिणत हुँदा भरतपुरका गोलरक्षक मनोज गुरुङले अनुमान समेत गर्न सकेनन् ।

३३ औं मिनटमा भरतपुरका भिष्म क्षेत्रीले बराबरी गोल फर्काए । मकवानपुरका सञ्जिब अर्यालले फाउल गरेपछि पाएको फ्रिकिकमा सजिन थापाले करिब १९ यार्डबाट हानेको प्रहारलाई भिष्म क्षेत्रीले आकर्षक हेडिङ मार्फत गोलमा परिणत गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय