राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् ढाकाकुमार श्रेष्ठको अर्को अडियो सार्वजनिक

पछिल्लाे समाचार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् ढाकाकुमार श्रेष्ठको अर्को अडियो सार्वजनिक भएको छ। दोस्रो अडियो पनि कपुरबाेट डटकमले सार्वजनिक गरेको हो। यसभन्दा अगाडिआइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो पनि कपुरबोटले नै सार्वजनिक गरेको थियो।


सार्वजनिक अडियोमा ढाकाकुमार र यदु गौतमबीचको कुराकानी छ। ढाकाले यदु गौतमलाई आफूलाई बचाइदिन अनुरोध गरेका छन्। ‘दुर्गाजीले मेरो अडिओ (अघिल्लो) को बारेमा बोलिदिनुभयो भने सकारात्मक सन्देश जान्थ्यो, केही सहज हुन्थ्यो कि भन्ने कुरा हो। तपाईंले मध्यस्थता गरिदिनुहुन्थ्यो कि भन्ने कुरा क्या सर! अब यो नहुने कुरालाई बढाएर के फाइदा’,अडियोमा सांसद ढाकाले भनेका छन्।

सार्वजनिक अडियोमा ढाकाकुमारका भाइ भन्ने व्यक्तिले दुर्गा प्रसाईंसँग दाइको सांसद पद जानेभयो भन्दै बचाइदिन अनुरोध गरेको कुराकानी पनि छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अडियो प्रकरणमा अनुसन्धान सुरु गरिसकेको छ।रास्वापाले सांसद ढाकालाई निलम्बन गरिसकेको छ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय