राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगियो

पछिल्लाे समाचार

०६ बैशाख ,काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ ।पेटमा समस्या भएपछि राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारतको एम्स अस्पताल लगिएको हो ।

मंगलवार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका पौडेललाई बुधवार बिहान भारत लगिएको हो ।श्री एयरलाइन्सको चार्टर विमानमार्फत उनलाई थप उपचारका लागि भारत लगिएको छ ।यसअघिदेखि नै पौडेलको फोक्सोको तल्लो भागमा पानी जमेको थियो ।

तर, एन्टिबायोटिकले पनि ठीक नगरेपछि थप परीक्षण र उपचारको लागि उनलाई भारत लान चिकित्सकहरूले सुझाव दिएका थिए ।सोमवारमात्रै फलोअपबाट फर्किएका राष्ट्रपति पौडेल मंगलवार अचानक बेहोश भएका थिए ।लगत्तै उनलाई शिक्षण अस्पताल लगेर भर्ना गरिए पनि बुधवार भारत लगिएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय