खेलकुद मन्त्रालय मधेश प्रदेश बाट हटाए सशक्त आन्दोलन गर्ने एमाले सांसद समीरको चेतावनी

पछिल्लाे समाचार

wada 19

wada 19

wada 15

wada 14

ad

०६ जेठ ,जनकपुरधाम । प्रदेश प्रदेशबाट खेलकुद मन्त्रालय हटाउन लागेको कुरा थाहा पाएको भन्दै नेकपा एमाले सांसद मोहम्मद समिरले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।आजको प्रदेशसभा बैठकमा एमाले सांसद मोहम्मद समीरले खेलकुद मन्त्रालय हटाउन लागेको कुरा सुनेरै दुःख लागेको बताए ।

खेलकुद र खेलाडीको प्रोत्साहन गर्नुको सट्टा मन्त्रालय नै हटाउने सल्लाह प्रदेश सरकारलाई कसले दियो ? आश्चर्य लागेको परदेश सांसद समिरले बताए ।’सरकारले गलत निर्णय लिँदा एमाले सहने छैन । खेलकुद मन्त्रालय हटाउने कुरा भयो भने हामी सशक्त आन्दोलन गर्छौँ उनले भने ।’सांसद समीरले खेलकुदले राष्ट्रको गौरव, पहिचान र शान स्थापित गर्न सक्छ भन्दै खेलकुद मन्त्रालय हटाउन नहुने तर्क गरे ।

‘नेपाललाई एसिया कपमा पुर्‍याउने टोलीमा यो प्रदेशकै २० प्रतिशत खेलाडी थिए’, उनले भने, ‘अहिले ती खेलाडीहरूलाई प्रोत्साहित गर्ने काम गर्नुपर्ने हो । तर प्रदेशबाट खेलकुद मन्त्रालय नै हटाउने ? यो कदापि स्वीकार्य हुनेछैन ।मोहम्मद समिर बारा क्षेत्र न ३ को क बाट निर्वाचित प्रदेश सांसद हुन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय