बलात्कार गरेको आरोपमा बाराको एक जना पक्राउ,अन्य एक जना फरार

पछिल्लाे समाचार

०६ जेठ,बारा – बारा प्रहरीले बालिका बलात्कारको आरोपमा एक जनालाई पक्राउ गरेको छ। प्रहरीले बाराको आदर्श कोतवाल गाउँपालिका–३ का बिशोरी बैठा धोवीलाई पक्राउ गरेको हो।

०७९ साल कार्तिक १६ गते राति खेतमा शौच गर्न गएका बेला १३ वर्षीया बालिकालाई पक्राउ परेका धोबी सहित अन्य १ जनाले जबरजस्ती करणी गरेको बारा प्रहरीले जनाएको छ।

जबरजस्ती करनी बेला देखि नै फरार रहेका उनलाई काभ्रे जिल्लामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी पुरुषोतम प्रसाद पाण्डेले जानकारी दिए।

घटनामा संलग्न भइ फरार भएका अन्य एक जनाको खोजी भइरहेको र पक्राउ परेका धोबीलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय