रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

पछिल्लाे समाचार

११ जेठ,काठमाडौँ – सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।गृह मन्त्रालयले एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा आज काठमाडौं उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको जनाएको छ।

मन्त्रालयद्धारा सूचनामा भनिएको छ, विसं २०८० साल जेठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

spot_imgspot_img
spot_img

लोकप्रिय