बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

पछिल्लाे समाचार

१५ जेठ,जीतपुर- बारा सहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ ।प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलका अनुसार मौसम बदली भइ पानी पार्ने र हावाहुरी चल्ने प्रणाली तत्काललाई सक्रिय छैन ।

देशका धेरै ठाउँको मौसम सामान्यतया सफा नै रहने अनुमान छ । प्रि-मनसुनको समय भएकाले बेलुकीपख केही ठाउँमा बादल लागेर फाट्टफुट्ट पानी भने पर्न सक्ने मौसमविद् पौडेलले जानकारी दिनुभयो । प्रि-मनसुन कमजोर भएको र मनसुनी गतिविधि पनि सुरु भइनसकेकाले केही दिनको मौसम सफा नै रहने उहाँको भनाइ छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय