नारायणहिटी हत्याकाण्डको २२ वर्ष पूरा,वास्तविकता अझै रहस्यमय

पछिल्लाे समाचार

१९ जेठ,काठमाडौँ– तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २२ वर्ष पूरा भएको छ ।विक्रम सम्वत् २०५८ साल जेठ १९ गते राति पारिवारिक जमघटका क्रममा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतिलगायत ११ जनाको दरबारभित्रै हत्या भएको थियो ।

तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित समितिले तयार गरेको प्रतिवेदनमा युवराज दीपेन्द्रले घटना घटाएको उल्लेख छ । प्रतिवेदनमा सपरिवारको हत्या गरी आफैँले गोली हानेर आत्महत्या गरेको उल्लेख छ ।

तर, अधिकांश सर्वसाधारणले सो प्रतिवेदनमा उल्लेख भएअनुसार युवराज दीपेन्द्रले घटना घटाएको भन्ने कुरा पत्याउन सकेका छैनन् । उक्त घटनाको यथार्थ अझै पनि रहस्यमय नै छ ।दरबार हत्याकाण्ड पछि बनेका हरेक सरकारले घटनाको सत्यतथ्य छानबिन गर्ने उद्घोष गरे पनि घटनाको दुई दशक बितिसक्दा कुनै अनुसन्धान हुन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि केही दिन अघि सो घटनाको छानविन गरी सत्यतथ्य बाहिर ल्याउने बताएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय