बारामा मापदण्ड बिपरित उधोग संचालन,नेपोभिट टायल्सको प्रदुषणले स्थानीय पिडित

पछिल्लाे समाचार

२७ जेठ ।अखिलेश कुमार यादव: घना बस्ति र बिद्यालय भन्दा निचित दुरीमा मात्र उधोग संचालन गर्नु पर्ने प्रवधान बाराका सबै उधोगले पालना गरेको छैन ।मापदण्ड बिपरित संचालित १ दर्जन उधोगको कारण स्थानीय तथा बिद्यार्थी जोखिम पूर्ण जीवन यापन गर्न बाध्य छन् ।

बिरगंज पथलैया औधोगिक करिडोरको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ८ रामैलिमा रहेको नेपाल सेरामिक इन्दस्ट्री बिद्यालय र बस्ति नजिकै बर्षौ देखि संचालनमा रहेको छ । नेपाल राष्ट्रिय आधारभूत बिद्यालय रमौली भन्दा ३०० मिटरमा मात्रै नेपाल सेरामिक इन्दस्ट्री द्वारा संचालित नेपोभिट टायल्स उधोग छ ।मापदण्ड अनुरुप बिद्यालय र उधोग बीचको दुरी न कायम गरिए पनि बिद्यार्थी र स्थानीयलाई समस्या न हुनु पर्ने हो तर उधोगको कारण बिद्यालयमा अध्यनरत बिद्यार्थी सहित स्थानीयहरु प्रभावित छ । टायल्स बनाउन राखेको माटो हावा उड्ने गरेकोले किशानले लगाउने बालि नालीमा समेत क्षति पुर्याउने गरेको स्थानीय छोटेलाल चौधरी बताए ।

उधोगमा टायल्स बनाउनको लागि राखिएको माटोको धुलो हावाको माध्यम बाट उडने गरेकोले कारण बाताबरण प्रदुषण र स्थानीय लगाएत विद्यार्थीमा पर्ने नकरातम्क असर बारे उधोगलाई बारम्बार वडा कार्यालयले जानकारी गराउदा समेत उधोगले प्रदुषण नियन्त्रण गर्नुको सत्ता उधोगमा कार्यरत स्थानीयलाई बिना कारण काम बाट निकाल्ने र भारतीय कामदारलाई ल्याएर राखेको वडा अध्यक्ष शिव शंकर प्रसाद कोईरिलृ बताए।

नेपाल सेरामिक इन्दस्ट्रीले वडा न ८ को स्थानीय खोलामा छोड्ने फोहोरले त्यो खोलाको पानि निकै नै प्रदुषण भएको र त्यहाँ गाई भैसी बाख्रा पानि खादा ज्यान समेत गुमाउने गरेको स्थानीयहरू बताउछन ।स्थानीय र बिद्यार्थीलाई प्रदुषण बाट जोगाउन प्रशासनले पनि कुनै पहल गरेको छैन ।बारामा संचालित अधिकांश उधोग मापदण्ड बिपरित छन् ।जनता संग प्रत्यक्ष सरोकार रहेका यस्ता उधोगहरूलाई व्यवस्थित गरेर संचालन गर्न आवशयक छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय