बिद्यार्थी संख्या कम भएपछि जनचेतना प्रा.वि मौलापुर जनता माध्यमिक बिद्यालय रजघट्टामा समायोजन

पछिल्लाे समाचार

अखिलेश कुमार यादव।जेठ ३२ गते बारा :विद्यार्थी कम हुँदै गएपछि बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा सञ्चालित जनचेतना माध्यमिक विद्यालय मर्ज गरिएको छ ।वडा न १४ को जनचेतना प्राथमिक बिद्यालय जनता माध्यमिक रजघट्टामा समायोजन गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शिवजी प्रसादले जानकारी दिए ।उनका अनुसार समायोजन भएका विद्यालयमा पाँच कक्षासम्म अध्यापन हुन्थ्यो । ‘विद्यार्थी सङ्ख्या न्यून भएका र नजीकै अन्य विद्यालय भएकाले ती विद्यालयलाई नजिकको विद्यालयमा समायोजन गरिएको छ । नगर शिक्षा नियमावलीअनुसार विद्यालय व्यवस्थापन समिति र स्थानीयवासीको सहमतिमा विद्यालय गाभिएको हो’, उनले भने ।

जनचेतना प्राथमिक बिद्यालय मौलापुरमा जम्मा ३२ जना बिद्यार्थी रहेको र उक्त बिद्यालय संग ८ कठा नमरी जग्गा ,५ जना शिक्षक मध्य २ जना स्थायी २ जना अस्थायी १ जना बालाबिकाश सहित एक जना कार्यालय सहयोगी सहित जनता माध्यामिक बिद्यालय रजघट्टामा बिहिवार एक कार्यक्रमको बीच समायोजन गरिएको छ ।बिद्यालय समायोजन कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेल,प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी र शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शिवजी प्रसादले पानसमा बती बालेर उद्घाटन गर्नु भएको थियो ।

समायोजन कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले उपमहानगरले सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढाउन तथा विद्यालयको खस्किँदो शैक्षिक अवस्था सुधारका लागि अहिले उपमहानगर भित्रका जनचेतना प्राथमिक बिद्यालयलाई जनता माध्यमिक बिद्यालयमा गाभेको जानकारी दिए ।

उपमहानगरपालिकाले पनि शिक्षा क्षेत्रमा ठूलो धनरासी खर्च गरेकोले उहाँले भन्नुभयो, “राज्यले लगानी गरिसकेपछि शैक्षिक गुणस्तर राम्रो हुुनुपर्छ, सामुदायिक विद्यालय राम्रो बनाउन मुख्य कुरा विद्यालयको नेतृत्व राम्रो हुनपर्ने तथा आवश्यक जनशक्तिको व्यवस्था गर्नुपर्छ भन्ने उद्देश्यका साथ नीति बनाएर विद्यालय समायोजन गरिएको बताए ।प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयको प्रशासनिक क्षेत्रको सुधारसँगै विद्यालयको भौतिक पूर्वाधारको विकास पनि अनिवार्य भएकाले उपमहानगरपालिकाले त्यसतर्फसमेत योजना निर्माण गरिरहेको बताउनुभयो ।त्यस्तै उहाँले उपमहानगर भित्र संचालनमा रहेका अन्य बिद्यालयलाई पनि बिस्तारै बिस्तारै समायोजन गरिने समेत बताए ।

जनता माध्यमिक बिद्यालय रजघट्टामा पहिला देखि नै अंग्रेजी मध्यम लगाएत प्राबिधिक तर्फ बालि बिज्ञान पढाई हुने गरेकोले जनचेतना प्राथमिक बिद्यालय गाभिएकोले अभिभावकहरु समेत खुशी भएका छन् ।जचेतना प्राथमिक बिद्यालयको प्राधानध्यापक भवानी पाण्डेले बिद्यालय समायोजन कार्यक्रममै जनता माध्यमिक बिद्यालयको प्रधानध्यापक राजु अधिकारीलाई बिद्यालयको सम्पूर्ण कागजातहरु उपलब्ध गराएको छ ।

उक् बिद्यालय समायोजन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न १४ का वडा अध्यक्ष चयन गुरुङ,शिक्षक अभिभावक संघ का अध्यक्ष रुद्र प्रसाद न्युपाने,पूर्व बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष भरत बहादुर खड्का लगाएत दुवै बिद्यालयको शिक्षक शिक्षिकाको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय